राजनीति
हिजाे अाज चर्चामा रहेकाे वाइडबडी प्रकरणका हवाई जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसददेखि सरकारसम्म हंगामा भइरहेका नेपाल एयरलाइन्सका वाइडबडी जहाज कस्तो अवस्थामा छन्? सबैले खरिदको अनियमिततातिरमात्र ध्यान दिइरहेका बेला जहाज उडिरहेका छन् कि छैनन्?
हामीले यसबारेमा नेपाल एयरलाइन्समा सोधपुछ गर्दा जहाज आउँदा सुरुमा जस्तो अवस्थामा थिए। अर्थात् जेनतेन उडिरहेकामात्र छन्।
अथवा उडानकै लागि उडेजस्तोमात्र उडिरहेका छन्। पहिलो जहाज असार र दोस्रो साउनमा आएदेखि पुरानै गन्तव्यमा यात्रु पाएपछि उड्ने गरेका ति जहाज अहिले पनि त्यही अवस्थामा छन्। जहाज आएको सात महिना वितिसक्दा पनि जहाजले पूर्ण क्षमतामा उड्न पाएका छैनन्।
नेपाल एयरलाइन्सका साहयक प्रवक्ता नवराज कोइरालाका अनुसार अहिले दुबै वाइडबडी जहाज पुरानै गन्तव्यमा धेरै यात्रु भएपछिमात्र उडिरहेका छन्।
उनका अनुसार अहिले काठमाडौं–दोहा रुटमा एउटा जहाज दैनिक उडिरहेको छ भने अर्को जहाजले आवस्यकताअनुसार उडान गरिरहेको छ।
यसअनुसार अहिले एउटा जहाज दैनिक १० घण्टा उडेको छ भने अर्को जहाज ५÷६ घण्टामात्र उडिरहेको छ।
नेपाल एयरलाइन्सले २४ अर्ब ऋण र वार्षिक अर्बौं ब्याजको भारसहित ल्याएका दुइटा वाइडबडी जहाज अहिलेसम्म पनि पूर्ण क्षमतामा उड्न सकेका छैनन्।