logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम,लाखौलाई रोजगारी दिने – श्रम मन्त्री विष्ट


  • राजनीति
  • शनिबार, पुष २८ २०७५

पोखरा- केही दिनमा प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम अन्तरगत लाखौलाई रोजगारी दिने  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

पोखरामा शनिबार प्रेस संगठन नेपालकास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विष्टले केही लाख युवाहरुले छिटै रोजगार पाउने दावी गरे । उनले रोजगारीका लागि काम र जनशक्तिलाई जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए ।

उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रोजगार सृजनाका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गरी रोजगार र बेरोजगारको तथ्याङक निकाल्न लागेको बताए ।

उनले देशलाई छिटै खाद्ययनमा आत्मनिरभर हुने गरी कृषि क्षेत्रमा रोजगार दिन लागेको बताए । उनले अबको ५ वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने पनि सुनाए । शिक्षा, सीप, दक्षता अभावमा नेपाली युवा जनशक्ति कठिन र जोखिमयुक्त अवस्थामा रोजगारीमा जान बाध्य भएको उनको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार