logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

के हो द्वन्द्वात्मक भाैतिकबाद , ४ बिशेषता सहित बुझ्नुहोस

छाेटाेमा यसरी बुझाै।


  • अखिल बिश्वकर्मा
  • आइतबार, पुष २९ २०७५

 

कार्लमाक्स द्वारा प्रतिपादन गरिएकाे ऐतिहासिक तथा द्वन्द्वात्मक भाैतिकवादी दर्शन प्रकृति समाज राज्यलाई अभ्यान गर्ने र बुझ्ने भाैतिकबादी बैज्ञानिक दृष्टिकोण हाे।यसकाे अनुसन्धान माक्स-एङगेल्सले उन्नाइसौं शताब्दीको मध्यतिर गर्नु भयाे।यसले प्रकृति र बस्तु मुख्य हाे चेतनालाइ सहायक ठान्दछ।हाम्रो वरिपरि जे जति बस्तु अस्तित्वमा छन ती सबैलाई बुझ्नसकिन्छ।यी तत्वहरु निरन्तर गतिशिल र बिकासिल छन्। माक्स – एङगेल्सले याे दर्शनकाे अनुसन्धान नगर्दासम्म समाजमा अाध्यात्मकबादी दर्शन हाबी थियाे।दार्शनिकशरु।इश्वरीय शक्ति र विश्व अात्माकाे वरिपरि घुमिरहेका थिए।यस्तो अवस्थामा माक्स एङगेल्सले दर्शनमा खाेज गर्नु भयाे र ऐतिहासिक तथा द्वन्द्वात्मक भाैतिकबाद परम्परागत दर्शनमा गरियकाे क्रमभंङगता थियाे।माक्सले हेगेलकाे ‘अादर्शबादी दर्शनकाे अालाेचनाबाट अारम्भ गर्नु भयाे।उहाँले हेगेलकाे प्रत्ययवादलाइ अालाेचना गर्दै “टाउकाेले टेकेकाे दर्शन”काे भन्नू भयाे र यसलाई “खुट्टा ले टेक्ने”दर्शनमा बदल्नुपर्ने शष्लेषण गर्नु भयाे।र पछि फायरवाघकाे भाववादी एव अधिभुतबादी जड् भाैतिकबादकाे अालाेचना गर्नु भयाे। जव १८४८मा एङगेल्ससग मिलेर जब माक्सले कम्युनिस्ट घाेषणापत्र लेखेपछि द्वन्द्वात्मक भाैतिकवादी दर्शन ब्यबस्थित बन्न पुग्याे। द्वन्द्वात्मक भाैतिकवादी बारे माक्सले प्रकाश पार्दै भन्नू भयाे “इतिहास काे भाैतिकवादी अबधारणाले बिचारबाट ब्याबहारलाइ व्याख्या गर्ने हाेइन ,बरु भाैतिक ब्याबहारबाट बिचारहरुकाे बनाेटलाइ व्याख्या गर्दछ।” लेनिनले “माक्र्सवादी दर्शन भाैतिकवाद हाे।”भन्नू भयाे उहाँले थप्नु भयाे “अठारौं शताब्दीकाे अन्तमा फ्रान्सभित्र , जहाँ हर प्रकारका मध्ययुगीन कचराकाे बिरुद्ध संस्थाहरु र बिचारहरुमा भु दासताबिरुद्द निर्णायक संघर्ष चलायाे भाैतिकबाद एकमात्र यस्ताे सुसंङगत दर्शन सिद्ध भयाे जाे प्राकृति बिज्ञानका समस्त शिक्षाहरु काे कसाैटीबाट खराे उत्रियाे साथै अन्धबिश्वास पाखण्ड खादी बिराेधी निस्कियाे।
द्वन्द्वात्मक भाैतिकबादी दर्शनका निम्न बिशेषता रहेका छन्।

१.प्रकृति, मानव – समाज प्राकृतिक हुन् ।
२.बर्ग राज्सत्ता पार्टी मानव नि्मित हुन।
३.प्रकृति ,समाज,बर्ग, राज्यसत्ता गतिशिल र परिवर्तनशिल छन्।
४.समाज वर्ग र राज्यलाई बुझ्न र बदल्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार