logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रूपन्देहीमा प्रहरीको प्रतिकारमा मारिने को हुन तस्कर ? तस्कर नै हुन त?


  • राजनीति
  • आइतबार, पुष २९ २०७५

मध्यराति प्रहरी र तस्कर समूहबीच रूपन्देहीमा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।प्रहरीले मृत्यु भएका व्यक्ति तस्कर समूहका सदस्य भएको दाबी गरेको छ।

रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करहरूले गोली हानेको प्रहरीले जनाएको छ।

तस्करकाे गाेली लागेर प्रहरी जवान श्रेष्ठ घाइते भएपछि जवाफी फायर गर्दा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीकाे भनाइ छ। मृतककाे परिचय खुलेको छैन।

प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।

पोस्टमार्टमा लागि शव रूपन्देहीको भीम अस्पतालमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार