logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डलाई कांग्रेसकी सांसद लक्ष्मी को व्यंग्य-“काठमाडौंबाट हराएको धूलो उदयपुर पुगेछ” !


  • राजनीति
  • आइतबार, पुष २९ २०७५

काठमाडौं –नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं उपत्याकाबाट धूलो र धूवाँ हटेको भन्ने अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले व्यंग्य गरेकी छिन् ।

‘प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा धूलोधूवाँ छैन भन्नुभएको थियो’, प्रतिनिधि सभाको शून्य समयमा कांग्रेस सांसद लक्ष्मी परियारले भनिन्, ‘जिल्लाबाट फोन गर्नुभयो, त्यहाँबाट हटेको धूलोधूवाँ उदयपुरमा आएको छ ।’

सांसद परियारले उदयपुरको गाईघाटमा वैकल्पिक बाटो बनाउदा मापदण्ड नपनाएका कारण बजार बगरमा परिणत भएको भन्दै सडक निर्माणको काम अबिलम्व पूरा गर्न माग गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार