logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डा.केसीको मुटुको चाल अनियन्त्रित,लगियो अस्पताल


  • राजनीति
  • सोमबार, पुष ३० २०७५

इलाम – इलामका धर्म गौतमको घरमा अनसन बरिरहेका ६ दिनदेखि अनसनमा रहेका डाक्टर गोविन्द केसीको मुटुको चाल अनियन्त्रित भएपछि अस्पतालमा सारिएको छ ।
केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ । जिल्ला अस्पतलाका डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरेका छन् ।

डाक्टरहरुको टोलीले आइतबार गरेको स्वास्थ्य परीक्षणमा केशीको अवस्था कमजोर बनेको, शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएकाले जिल्ला अस्पतालमा सार्नुपर्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच, डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन बिहान ११ बजे इलामको रत्नचोकमा भेला भएर डाक्टर केसीले उठाएका मागको समर्थन गरिने उहाँका समर्थकहरुले बताएका छन् । शनिबार महिला र आइतबार ज्येष्ठ नागरिकले स्वतःस्फुर्त रुपमा र्याली निकालेर डाक्टर केसीले उठाएका मागमा समर्थन गर्दै उहाँसँगको सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको, संसदीय समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकमा सहमतिको मर्म विपरित रहेकोलगायत माग गर्दै केसी ६ दिनदेखि इलाममा आमरण अनसनमा बस्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार