कार्लमाक्स र एङगेल्सले बैज्ञानिक समाजबाद साम्यवाद काे अनुसन्धान गर्ने क्रममा खाेज गर्नुभएकाे दर्शनशास्त्र पछि राजनीति अर्थशास्त्र हाे।राजनीति अर्थशास्त्र भनेकाे मानवजातिले जिवनयापनका क्रममा संन्चालन र बिकास गरेकाे अार्थिक उत्पादन सम्बन्ध र उत्पादन पद्धतिकाे नियमहरुकाे अध्यान गर्ने बिज्ञान हाे।यसले मान्छे अार्थिक उत्पादनमा कसरी सहभागी भयाे,उत्पादन सम्बन्धले मान्छेलाई कसरी अार्थिक क्रियाकलापमा बिभाजित गर्याे कसरी बर्ग र राज्यकाे उत्पति भयाे बैज्ञानिक अार्थिक सिद्धान्त अनुसन्धान नहुदासम्म अर्थशास्त्र काे बिसयमा अार्थिक सम्बन्ध र बिनिमय ब्याख्या गर्ने,अार्थिक उत्पादन कसरी बृद्धी गर्नसकिन्छ र धन कसरी कमाउन सकिन्छ भन्ने मात्र थियाे।यसकाे थप बृहत्तर अध्यान अनुसन्धान बाट माक्स एङगेल्सले ऐतिहासिक भाैतिकबादी अार्थिक उत्पादन सम्बन्ध र त्यसबाट निर्धारित बर्ग,बर्गसंघर्ष,राज्यसत्ता,राजनीति बिचार र क्रान्ति बारे सबिस्तार नयाँ दृष्टिकोण दिनुभयाे।यसले राजनीति अर्थशास्त्र सम्बन्धि बुझाइमा नै नयाँ अध्याय थपिदियाे। उहाँले कम्युनिस्ट घाेषणापत्र मार्फत बैज्ञानिक समाजबादी साम्यवादी अार्थिक दृष्टिकोण काे खाका दिनु भयाे। र लेख्नु भयाे “साम्यवादी ब्यबस्थाकाे विशेष चरित्र के हाे भने त्यसले अाम रुपमा नै स्वामित्व उन्मुलन गर्दैन,त्यसले त खालि बुर्जुवा स्वामित्व काे मात्रै उन्मुलन गर्छ।तर अाधुनिक बुर्जुवा ब्याक्तिगत स्वामित्व नै उत्पादन तथा शाेषण प्रणालीकाे यस्तो अन्तिम तथा सबैभन्दा पुर्णरुप हाे, जुन बर्गिय अन्तरबिराेध र एकद्वारा अर्को काे शाेषणमा अाधारित छ।
यहि अार्थिक दृष्टिकोण अनुसार सन १८६७देखि साम्यवादी अर्थशास्त्र सम्बन्धि कृति ‘पुजि’ लेख्नु भयाे।
माक्सबादका बैज्ञानिक समाजबादी साम्यवादी अार्थिक सिद्धान्त का मुख्य बिशेषता
१.पुजि उत्पादनमा श्रमकाे भुमिका
२.अतिरिक्त मुल्य काे सिद्धान्त
३.सामाजिक (सामुहिक) स्वामित्व र सम्पत्तिको बिकास