logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मार्सी भात खुवाउने प्रसाईले डा. केसीको वारेमा समाचार लेखेको भन्दै दिए पत्रकारलाइ धम्कि


  • राजनीति
  • बुधबार, माघ २ २०७५

इलाम- प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलाई घरमा मार्सी चामलको भात् खुवाउने झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले इलामका पत्रकारहरुलाई फोन गरेर धम्कि दिएका छन् ।

इलामका पत्रकारहरुलाई फोन गरेर प्रसाईले ‘जे गछौँ गर, तिमीहरुले गर्दा हाम्रो केही बिग्रिँदैन’ भन्दै धम्की दिएका हुन् ।
चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर १६औँ पटकको सत्याग्रहका क्रममा इलाममा अनसनरत डा गोविन्द केसीको पक्षमा समाचार लेखेको भन्दै प्रसाईले पत्रकारलाई धम्कि दिएको इलाममा कार्यरत पत्रकारहरुको भनाई रहेको छ ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले एक विज्ञप्ति जारी गरि समाचारमा चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै समाचारको विषयमा पत्रकारहरुलाई अपशब्दसमेत प्रयोग गरी गाली, गलौज, धम्की दिने ब्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने माग राखेको छ । शाखा अध्यक्ष कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्र रुपले समाचार संप्रेषणको वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार