राजनीति
प्रदेश २ – प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा बीचको झगडा अहिले चर्चाको विषय बनेको छ ।
गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रममा तपाईलाई मैले भनेको एनजिओ किन पारिदिनु भएन भन्दै मन्त्री यादवले आफुलाई कुटेको साचिव झाले बताएका छन।ुनले राजधानी दैनिकका पत्रकार सुजित कुमार झा सङ्ग कुरा गर्दै आफ्ना कुरा यसरी स विस्तार बताएका थिय।
“मन्त्री विजय यादवको पीए संगै उहाँको कार्यकक्ष गएँ । सोफामा संगैको व्यक्ति सभामुख हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । उहाँलाई चिया अनुरोध गर्ने मान्छेबाट थाहा पाएँ उहाँ सभामुख हुनुहुँदोरहेछ । मैले कल्पनासम्म गरेको थिईन सभामुखसंग यसरी मन्त्रालयमा भेट हुन्छ भनेर । अन्जानमा सभामुखसंग बस्न पुगेकोमा क्षमा माग्दै, बाहिरिए र बैठकमा बसेँ । बैठकमा अर्थमन्त्री बस्ने सोफामा अर्कै मान्छे बसेको थियो । त्यहाँ एक जना मधेश आन्दोलनको घाइते पनि थिए आर्थिक सहयोग माग्न आएका, उहाँलाई चिन्तित देखेर सान्त्वना दिएँ र एक छिन पछि मलाई भेट्नु होला म तपाइलाई व्यक्तिगत सहयोग गर्नेछु भने । त्यसपछि मन्त्रीको पीए आएर बोलाउनु भयो ।
खाली कुर्सीमा बसे, जुन मन्त्री जी को ठीक सामुन्ने थियो । उहाँले तपाई कुर्सी नजिक लिएर मेरो छेउमा बस्नुस भन्नु भयो । त्यस पछि उहाँले रिजल्ट र हिजोको फोन संवादको कुरा गर्नु भयो । मैले एनजीओबाट लिएको पैसा तपाइको बाउले तिर्छ भन्नु भो मैले मेरो बाउको नाम न लिनुस भन्ने बित्तिक्कै बडो जोडले एक थप्पड हान्नु भो, उहाँले लगाएको औठीले मेरो गाला चिथोरियो ।
मैले तपाईले ठुलो अन्याय गर्नु भयो मेरो डायरी र फाइल दिनुस, म लाग्छु भने । ‘फाइल माग्ने साला, पहिले पैसा यहा राख’ भन्दै फेरी पिट्न थाल्नु भयो ।सभामुखजीले बिचमा आएर मलाई बचाउनु भयो । सेक्युरिटीले बाहिर तान्न थाल्यो । पछाडीबाट कसैले जोडले एक लात हाने म बाहिर तिर घचेटिएँ । अनि म हल्ला गर्न थाले जुन कुरा भिडियोमा आएकै हो ।”
प्रहरीलाई कसले खबर गर्यो शुरुमा मलाई थाहा थिएन । पत्रकारलाई सम्पूर्ण व्योहोरा भन्न थालेकै बेला पुलिस आएर मलाई पक्रन थाल्यो, मैले पक्राउ पुर्जी मागे । पुलिसले जबर्दस्ती उठाएर आफ्नो गाडीमा हालेर जिल्ला प्रहरी लग्यो । बाटोमा प्रहरीबाटै थाहा भयो मन्त्रीजीले नै खबर गर्नु भएको रहेछ । उहाँले उल्टै मलाई हिरासतमा राख्न लगाउनु भएको छ । मैले प्रहरीलाई जोर जबर्दस्ती गर्नु भो भने म वकिल बोलाउछु भने, त्यसपछि एसपी र सिडिओ आउनु भयो । उहाँहरुलाई सम्पूर्ण ब्यहोरा सुनाए । मुहार फुलेको र काटेको हुनाले प्रहरीले मलाई प्राथमिक उपचारका लागि अस्पताल पुर्यायो । अस्पतालपछि मुख्यमन्त्री र प्रमुख सचिबसंग भेट भयो ।
बल्डप्रेसर घटिरहेको छैन । निकै तनाबमा छु । मैले जानी जानी कुनै गल्ती गरेको छैन । तैपनि कुटाई खानुपरेको छ । मैले जन्मभूमि रहेको प्रदेशलाई बनाउन आएका थिए तर उल्टो भयो । हरेक कुरोमा दबाब । कानुन होइन मेरो आदेश मान्नुस सबैले त्यही भनिरहेका छन ।
मलाई धेरै चोट लागेको थियो के बोले त्यो बेला बुझन सकिन । मैले हेरिरहेको थिए आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आफै आफना निकटका व्यक्तिलाई फोटो खिच्न भनि रहेका थिए तापनि मैले उहाँलाई अपमान हुने खालका केही कुरो बोलीदिए ।
तर म बाट जुन गल्ती भएको छ त्यसको दण्ड म तिर्न म तयार छु । प्रदेश
न्यायको प्रतिक्षामा म छु । प्रदेश सरकार र संघिय सरकारले मलाई न्याय गर्छन दिन्छ भन्नेमा विश्वस्त छु । सबैजना छानबीन प्रतिवेदनमा के आउछ त्यसको प्रतिक्षामा छन ।