विप्लव नेतृत्वकोनेपाल कम्युनिस्ट पार्टीले यहि ५ गते सुर्खेत बन्दको आयोजना गरेको छ । सुर्खेत जिल्ला सेक्रेटरी ले माघ ५ गते दिन सुर्खेत जिल्ला बन्द अाह्वावान गरेकाे जनाएका छन्।
अाफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले माघ ५ गते सुर्खेत जिल्ला बन्द गर्ने निर्णय गरेकाे हाे।
बुधवार एक विज्ञप्ति सरकारले गिरफ्तार गरेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै सुर्खेत जिल्ला बन्दको आह्वान गरेकाे जनाएकाे छ।
गत पुस २२ गते सो पार्टीका भेरीब्यूरो सदस्य गोविन्द योगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई संगठनको कामको शिलशिलामा विरेन्द्रनगरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार लगत्तै भेरीब्यूरो ईन्चार्ज शितलले विज्ञप्ति प्रकाशित गरी दलालपुँजीवादी सत्ताले राजनीतिक पूर्वाग्रहका कारण नेता तथा कार्यकर्ताको गिरफ्तार गरेकाले रिहाईको माग गरेको थिए ।
रिहाईको आग्रहलाई वेवस्ता गर्दै सरकारले झुट्टा मुद्धा लगाएर फसाउने षड्यन्त्र गरेकाले सो पार्टीले बाध्य भएर माघ ५ गते सुर्खेत बन्दको आह्वान गर्न परेकाे इन्चार्ज शितलले बताएको छन् ।
बन्द काे अबज्ञा नगर्न र १ दिने सर्खेत बन्दलाइ सफल पार्न आम ब्यापारी, बुद्धिजीवि मानवाधिकारवादी, शिक्षक ,विद्यार्थी, नागरिक समाज लगायत सबैमा अपिल गरेको छ ।