logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

निर्मला काण्डमा, वादलका छोराको डिएनए परिक्षण गर्नु पर्दछ : अनिल शर्मा ‘विरही’


  • अनलाइन बाट
  • बिहिबार, माघ ३ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु सरकारको निरीहता भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराको डीएनए परीक्षण गर्नसमेत माग गरे ।

उनले भने, ‘भीआईपीहरूको नामसँगै गृहमन्त्री बादलको छोराको नाम पनि निर्मला हत्याकाण्डमा जोडिएर आएको छ । त्यसैले बादलको छोराको डीएनए परीक्षण गरिनुपर्छ ।’इरातोखबर बाट

मकवानपुरगढी विजयोत्सव मनाइँदै
हेटौँडा- यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते
गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले उक्त दिन हेटौँडाको चौकीटोलदेखि मकवानपुरगढीसम्म २१ किलोमिटरको दौड प्रतियोगिता तथा पर्यटन प्रवद्र्धन तथा कार्यक्रमलाई थप रोचक बनाउन हाफ म्याराथन प्रतियोगिता आयोजना हुने बताउनुभयो ।
प्रतियोगितामा सातै प्रदेशका दुई दुई धावक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकले सहभागिता जनाउनेछन् । प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा चौथो र पाँचाँैलाई रु पाँच पाँच हजार पुरस्कार प्रदान गरिने छ । नेपाली सेनासँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार