logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बैज्ञानिक समाजवाद के हो र कसरी बुझ्ने ?


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, माघ ४ २०७५

नेपालमा समाजवादका नारा जता ततै देखिन्छ र भेटिन थालेकाछन । हुदाहुदा सबै ब्यक्तिगत कुरा पनि समाजवादका लागी भन्ने जस्तो तर्क हुने गरेकाछन । खासमा समाजवाद अझ भनौ जनताको समाजवाद भन्ने छोटोमा कसरी बुझ्ने बुझाउने भन्नेमा कन्फ्युजन देखिन्छ त्यसैले बैज्ञानिक समाजवाद सम्बन्धि सक्षिप्त चर्चा गरिएको छ ।
माक्स एङगेल्सले दर्शनशास्त्र,राजनीतिक अर्थशास्त्र पछि समाजबादकाे बिकासक्रममा खाेज गर्नु भएकाे तेश्राे बिज्ञान हाे बैज्ञानिक समाजबादी साम्यवादी राजनीतिक ब्यबस्थाकाे खाेज।
अाधुनिक मानवसभ्यतामा चलेका राजनीतिक ब्यबस्थाहरु मुख्यतः अादिम समाज (अादिम साम्यवाद ), दास ब्यबस्था, साममन्ती ब्यबस्था र पुजीवादी ब्यबस्थाकाे गहन अध्ययन गरेर बैज्ञानिक समाजबादी साम्यवादी ब्यबस्थाकाे सिद्धान्त बिकास गर्नुभयाे।
बैज्ञानिक समाजवादी साम्यवादी ब्यबस्थाकाे अनुसन्धानले मानवजातीकाे राजनीतिक इतिहासमा सबैभन्दा बढी जनवादी,प्रगतिशील ,क्रान्तिकारी र बैज्ञानिक साबित भयाे किनकि यसले मानवजातीलाइ राज्यब्यबस्थाकाे उत्पत्ति, बिकास र यसकाे भबिस्यबारे बैज्ञानिक दृष्टिकोण हाे। भने अादर्शवादी इश्वरवादी दृष्टिकोणलाई बैज्ञानिक समाजवादी साम्यवादी दृष्टिकोणले समाप्त पार्दै मानवजातीलाइ बर्गबिहिन, जातीबिहिन,राज्यबिहिन समाजमा पुर्याउने बैज्ञानिक भाैथिकबादी बिचार हाे।
बैज्ञानिक समाजवादी सिद्धान्त पहिला समाजवादी चिन्तक र सिद्धान्त नभएका हाेइनन्। २४ सय बर्ष पहिले “शाेषणबिहिन राज्य” काे परिकल्पना गर्दै “अादर्श शासक र अादर्श राज्यकाे अादर्शवादी साम्यवाद” काे परिकल्पना प्लेटाेे गरे,२१ सय बर्ष पहिला क्राइस्टले “प्रभुकाे इच्छा” अनुसार समाजकाे निर्माण गर्ने धार्मिक “क्रिस्चियन समाजबाद”काे परिकल्पना गरे। १८२४ बाट ब्रिटेन,फ्रान्स,जर्मनि अादी देशमा अाेवेन फुरिय, साइमनहरुकाे नेतृत्वमा  “काल्पनिक समाजवाद”काे जन्म भयाे। तर माक्स एङगेल्सले यसलाइ “क्रिस्चियन समाजबाद” भएकाले धर्मले समाजवादकाे निर्माण असंम्भव भएकाे र “काल्पनिक समाजवाद”ले बर्ग समाजमा याे संम्भव नहुने निश्कर्ष दिनुभयाे।माक्सकै अर्को समयमा अराजकतावादी समजाबाद देखापर्याे। अराजकताबादले “क्रान्ति गर्नु सहि भएपनि राज्यसत्ता गलत”भएको कुरा अघि सार्याे।बाकुनिन र ब्लाङकिहरुकाे याे दृष्टिकोण लाई  बर्ग टक्कर र पुजिवादी समाज कायमै रहेकाे बेला यस्तो समाज सम्भव नहुने भन्दै उक्त बिचारकाे खण्डन गर्नु भयाे।शाेहि समयमा विभिन्न समाजवादहरु देखापरे तर माक्स एङगेल्सले यसकाे प्रतिवाद गर्नुभयाे ।र अभिजात बर्गकाे बिलय नभइ असम्भवहुने तर्क दिनुभयो ।
भने बैज्ञानिक समाजवादी राज्यब्यबस्थकाे सिद्धान्त ले लुटमा अाधारीत पुजीवादी ब्यबस्था काे सामाधान मात्रै नभइ समाजमा घुमिरहेका सबैखाले गलत र भ्रमक काल्पनिक, अादर्शवादी,अराजकतावादी समाजवादबाट मुक्ति दियाे र बर्ग,जाति,शाेषणबिहिन राज्यब्यबस्थाकाे सुन्दर समाजब्यबस्था दियाे ।
अार्थिक उत्पादन,बर्गकाे उत्पति, बर्गसंघर्ष, राज्यसत्ता, राजनीतिक सभ्यताकाे उत्पति र बिकासबारे काे अध्ययनकाे निश्कर्ष जसले समाज, वर्ग,राज्यसत्ता र क्रान्ति काे बिकास कसरी र तिनकाे अन्त्य भयर बैज्ञानिक समाजवाद स्थापना हुन्। माक्स एङगेल्सले गहन अध्ययन अनुसन्धान गर्नु भयाे बैज्ञानिक समाजवाद – साम्यवाद बुझ्न यी बुदा अाबश्यक छ।
१.बर्ग,बर्गसंघर्ष र राज्यकाे उत्पत्ति
२.राज्यसत्ता र क्रान्ति
३.बैज्ञानिक समाजवादीसत्ता र सर्वहारा अधिनायकत्व
४.बैज्ञानिक समाजवाद

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार