logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पर्वतको बिहादी गाउँपालिकाको जङ्गलमा आगालागी,नियन्त्रण बाहिर प्रयास जारी


  • राजनीति
  • शुक्रबार, माघ ४ २०७५

पर्वत-  दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उराम पोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिनुभयो ।

आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ । विहादी–४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादी– ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका बासिन्दा आगलागीको जोखिममा पर्नसक्ने स्थानीय प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीको भनाइ छ ।

बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणमा नलिने हो भने हजारौँ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल नष्ट हुने अर्का स्थानीय दिनेश भुसालको भनाइ थियो । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार