राजनीति
पोखरा- पोखरा महानगरपालिका १५ स्थित एक ५८ बर्षिय महिला कोठामा मृत फेला परेकी हुन । धादिङ घर भइ पोखरा रामबजार स्थित डेरा लिइ बस्ने शान्ति लामा नाम गरेकी महिला बन्द कोठामा मृत भेटिएकी हुन ।
बेलुका सहिसलामत ढोका लगाएर सुतेकी बिहान अबेर सम्म ढोका नखुले पछि छिमेकीले प्रहरी लाई खबर गरेका थिए । प्रहरीले ढोका तोडेर हेर्दा झुन्डिएको अवस्थामा मृत भेटिएको थियो । निज बिगत २१ बर्ष देखि रामबजार स्थित सोही घरमा डेरा लिइ बस्दै आइरहेकी थिइन ।
स्याउका बिरुवा काँटछाँट शुरु
जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । स्याउ सुपरजोन जुम्लाले स्याउ काँटछाँटका लागि किसानलाई आग्रह गरेको छ । जिल्लाका आठै स्थानीय तहका हरेक बस्तीका किसान दैनिक स्याउका बिरुवा काँटछाँट व्यस्त छन् । जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् ।
तातोपानी गाउँपालिका–६ का किसान सिंह रावतलाई अहिले स्याउ काँटछाँटमा भ्याइनभ्याइ छ । माघको चिसोमा पनि उहाँ आफ्नो स्याउका बिरुवा काँटछाँट सकाएर गाउँको सामूहिक स्याउखेतीमा काँटछाँटमा सक्रिय हुनुभएको छ । स्थानीय कृषि स्रोत व्यक्तिसमेत रहनुभएका रावतले गाउँका अन्य युवालाई समेत साथमा लिएर स्याउका बिरुवा काँटछाँट प्रक्रिया र विधि सिकाइरहनु भएको छ । तातोपानी गाउँपालिका–६ रावतबाडा बस्तीको सामूहिक स्याउ खेतीमा एक हजार स्याउ, ओखर र आरुका बिरुवा छन् ।