logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जन्ती बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते ६ जना गम्भीर


  • राजनीति
  • शुक्रबार, माघ ४ २०७५

दोलखा -दोलखा जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिका-४ मालु योगीगाउँमा जन्ती बोकेको बस दुर्घटना भएका छन्। दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएको जसमा ६ जना गम्भीर छन्।बस दोलखाबाट सिन्धुली जिल्लाको ग्वालटारतर्फ जन्ती लिएर जाँदै थियो।

अरनिको यातायातको बा२ख ३७६० नम्बर तामाकोसी गाउँपालिका-४ मालु फ्यातलका गोविन्द मिजारको विवाहको जन्ति लिएर गएको बस शुक्रबार बिहान साढे ४ बजेतिर योगीगाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपपचारका लागि सदरमुकाम चरिकोट ल्याइएकोजानकारी दिए। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको निरीक्षक काफ्लेले जनाए।

ओरालोमा थप जन्ती पर्खिरहेको बस अघि बढ्ने क्रममा एक्कासी पछाडीतर्फ गुडेर करिब ३० मिटर तल गुल्टिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार