राजनीति
मुम्बैइ – फिल्म २.० की हिरोइन एमी ज्याक्सन लेस्बियन (महिला समलिंगी) भएको खुलेको छ । सामाजिक संजालमा गर्लफ्रेण्डसँगको एमी आफैंले फोटो शेयर गर्दै आफू लेस्बियन भएको स्वीकार गरेकी छिन् ।फोटोको क्याप्सनमा एमीले लेखेकी छिन् ‘वाइफ लाइफ’
एमीले यस्तो रहस्य खोलेपछि सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको आलोचना गरेका छन् भने केहीले उनको यौनिक स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन् ।
ट्रोलरहरुले उनको ट्रोल बनाउन सुरु गरेका छन् । फोटोमा एमीसँग देखिएकी युवती निलम गिला हुन् । निलम अंेरिकाकी मोडल हुन् । निलमले पनि आफ्नो प्रोफाइलमा यो फोटो पोस्ट गरेकी छिन् । उनले समेत क्याप्सनमा एमीलाई आफ्नी बेहुली भनेकी छिन् ।
एमीले एकपटक यस विषयमा भनेकी थीन् ‘मलाई यस विषयमा कुरा गर्न कुनै आपत्ति छैन । किनकि मेरी एक साथी लेस्बियन हुन् ।’ अक्षय कुमारसँग यसाघि फिल्म ‘सिंह इज ब्लिङ’मा पनि एमीले काम गरिसकेकी छिन् ।
दक्षिण भारतीय फिल्ममा नीलमले समेत काम गरिसकेकी छिन् । उनको नाम राज बब्बरका छोरा प्रतिक बब्बरसँग पनि जोडी सकेको छ ।