logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भ्रष्टाचारीलाइ लुकेर होइन खुलेआम कार्वाही गर्छौ : सन्देश


  • आश तमु
  • शुक्रबार, माघ ४ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देशले मुलुकमा संसदीय व्यवस्थाले समाधान दिन नसक्ने धारणा राखेकाछन । नेपाल कम्युनिस्ट पार्टी गुल्मी अर्घाखाँचीले संयुक्त रुपमा आयोजना गरेको सङ्गठन सुदृढ तथा विस्तार अभियानको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन । कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था नेपालमा हुने खाने पुँजीपति, सत्ताधारी, कठपुतली, दलाल, नाइकेको हातमा रहेकोले गरिब जनता र सर्वहारा वर्गको पक्षमा काम नगरेकोले संघर्षमा साथ सहयोग गर्न अपिल गरेका छन ।

भिन्न प्रसँगमा बोल्दै नेता सन्देशले नेतृत्व गर्ने शासकको कारणले नेपाल कङ्गाल भएको आरोप लगाए । चुनावको बेलामा सिंहदरबारको अधिकार गाउँगाउँमा जनतालाई शिक्षा स्वास्थ्य रोजगारी ग्यारेन्टी गरी एक घर एक रोजगारीको नारा दिएर जनतामाथि ब्रमहलुट मच्चाई चिल्ला कार चिल्ला गाडीमा हिड्ने शासकको जुनसुकै बेलामा जनताको राय सल्लाहको आधारमा जस्तोसुकै कारबाही हुने र त्यो कारबाही स्यालले कुखुरा चोरे जस्तो नभएर जनताको बीचमा गरिने उनको भनाई छ ।

जनताको करबाट संकलन भएको पैसाले मोजमस्ती गर्ने लोकमानसिंह कार्की, गोपाल खड्का, चुरामणी खड्कालाई कारबाही गरेको स्मरण गराउदै जनता विरुद्ध काम गर्नेलाई जोेसुकै पनि कारबाही हुने उनको चेतावनी छ । शासकहरुले संघीयताको आडमा बृद्धाभत्ता समेत कागजमा मिलाएर खाने कृषि पशुपालन दलित जनजाति र विकास निर्माणको नाममा आएको रकममा विचौलियाको चलखेल भएको दाबी गदै त्यस्तालाई कारबाही हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी गुल्मी जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले नेपाली जनताले दलाल ब्यवस्थाको अन्तिम सस्कारको बेला सन्निकट आएको भन्दै सहभागी हुन आव्हान गरेका छन । कार्यक्रममा व्युरो सदस्य सामना, लगायतले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने भन्दै एकीकृत जनक्रान्तिको पक्षमा लामबद्ध हुन सबैलाई आग्रह गरे ।

 

कार्यक्रममा करिब २ सय जनाको सहभागिता थियो । लुम्बिनी व्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज कमल केसीकोे अध्यक्षता लुम्बिनी व्युरो सदस्य सुनिल चौधरीको स्वागत मन्तब्य गुल्मी जिल्ला सेक्रेटरी खेम खड्का सञ्चालनमा सम्पन्न भएको अभियान दुई महिना चल्ने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार