logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा औद्योगिक क्षेत्रमा हाइस र माइक्रो बस ठोक्किदा ८ घाइते


  • राजनीति
  • शुक्रबार, माघ ४ २०७५

पोखरा- हाइस र माइक्रो बस पोखरा-१० औद्योगिक क्षेत्रमा ठोक्किदा-८ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ख ८५२१ नम्बरको बस र पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा४ख ८४१६ नम्बरको हाइस ठक्कर खाँदा हाइस चालक र सहचालक सहित ८ जना घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले घाइतेहरुको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल, मणिपाल शिक्षण अस्पताल र फेवासिटी हस्पिटलमा पठाइएकोजानकारी दिएको छ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ ।
विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुनुहुन्थ्यो । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताउनु भएको थियो ।
आजै सभापति देउवाले सिन्धुपाल्चोक काङ्ग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार