logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तनहुँको आँबुखैरेनीमा स्कुटर र बाइक जुझ्दा एकको मृत्यु


  • राजनीति
  • शनिबार, माघ ५ २०७५

दमौली-शुक्रबार साँझ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा मोटरसाइकल र स्कुटर एक आपसमा जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन् ।

मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको सो दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो ।

घाइतेद्वयको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार