बाख्रा घर पालुवा जनावर हो । सम्भवत प्रत्येक नेपाली कृषकको घरमा बाख्रा पालेको पाइन्छ । बाख्रा पाल्नुको कारण भनेको यसबाट प्राप्त हुने फाइदा नै हो । बाख्रा नेपालको हिमाल, पहाड र तराई तीनैवटा भौगोलिक क्षेत्रमा सहजले पाल्न सकिन्छ । बाख्रालाई चराएर मात्र पाल्न सकिन्छ भने घरमै पाल्दा पनि थोरै घाँस र दानाले पुुग्छ । बाख्राको मल खेतीपातीका लागि राम्रो मानिन्छ भने बिक्रीबाट आर्थिक आम्दानी गर्न तथा मासुका लागि उत्तिकै राम्रो मानिन्छ । त्यसैले बाख्रापालन नेपाली कृषकहरूको रोजाइमा परेको हो ।
बाख्राकोे वैज्ञानिक नाम ‘काप्रा एग्याग्रस हरकस’ हो भने जनावरको ‘बोभाइड्’ परिवारमा पर्छ । विश्वका विभिन्न ठाउँ तथा जातिमा बाख्र्राको दूध पनि खाने चलन छ तर नेपालमा भने सामान्यतः बाख्राको दूध खाने चलन छैन । तर नेपालमै पहिलोपटक मकवानपुुर जिल्लाको चित्लाङबाट भने व्यापारिक रूपमा बाख्राको दूधबाट चीज बनाउने काम भने शुुरु भएको छ ।
बाख्र्रा बहुउपयोगी जनावर भइकन पनि किराँत राई जातिको जीवन दर्शनको मुुन्धुमी मिथकमा भने सुुंसाको रूपमा उल्लेख गरिएको पाइन्छ । यी जातिले पितृलाई चढाउन नमिल्ने मासुुलाई सुुंसा भन्छन् भने अन्नलाई संचा भन्छन् । सुुंसा भनेको पितृलगायत अन्य सांस्कारिक कार्यहरूका लागि मुन्धुम वर्जित अपवित्र मासुु र संचा भनेको पितृ तथा सांस्कारिक कार्यहरूका लागि किराँत राई मुुन्धुम वर्जित खाना भन्ने बुझिन्छ । यसरी किराँत राई जातिको पितृ पूजालगायतका अन्य सांस्कारिक कार्यहरूमा बाख्रा, खसी, बोकालगायत पाठापाठी केही नचल्ने भएकोले अपवित्र जनावरको रूपमा लिइन्छ ।
बाख्रालाई अपवित्र जनावरको रूपमा लिनुको कारणमा विभिन्न प्रकारका मुत्दुमी मिथकहरू छन् । मुन्धुममा बाख्रालाई किराँत राई जातिले अपवित्र मान्नुुको कारणबारे चतुुरभक्त दुमी राई ‘निप्सुुङ पत्रिका’ (वि।सं। २०५९) मा लेख्नुहुन्छ – ‘किरात पुुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किराँत धर्म तथा संस्कृतिअनुसार तीन दिनसम्म गरिने महान् कार्य जुन गर्नाले नाम र उपाधि पाइन्छ भनेर विश्वास गरिन्छ सो पूजा गर्ने निधो गरे । यो कार्य गर्नका लागि खक्चिलुपाले दिदीहरू तोमा, खेमाको उपस्थिति आवश्यक महसुुस गरे । यसका लागि उनीहरूले पहिला उपियाँलाई पठाए तर तोमा र खेमाले उपियाँलाई पक्रेर टाउको किची ’फ्याँकिदिए । त्यसपछि उनीहरूले बाख्रालाई पठाए । तर बाख्रा फर्केर आएन र अविश्वास गरी बाहिर हट्टा गरे । त्यही समयबाट किराँतीहरूले बाख्रा खाँदैनन् । ’
त्यसरी नै विजयलक्ष्मी साम्पाङ र शङ्कर साम्पाङ्ले तुवाचुङ–जायजुम (२०७१) नामक स्मारिकामा लेख्नुहुन्छ – ‘किराँत पुुर्खा खचुलुप्पाले आफ्ना हराएका दिदीहरू तँमा र खेमालाई खोजेर ल्याउन बाख्रालाई पठाए । तर खोजेर ल्याउन नसकेकोले खचुलुप्पाले अविश्वासी, अह्राएको काम पूरा नगर्ने, लाछी भएको र अबदेखि कुलमा अछूत हुने साथै सुंसामा गनिने श्राप दिएकोले बाख्रा किराँत राई जातिको संस्कार र सांस्कृतिक कार्यहरूमा प्रयोग लागि राम्रो मानिँदैन । ’
धनकुटा खबर अनलाइनमा नवीन खड्का लेख्नुहुन्छ – ‘परापूर्वकालमा किराँत पुर्खा हर्कमबुुङ आफ्ना सन्तानहरू भुसुरी, छछाप्पा र वाछाप्पालाई लिएर पूर्वको सप्तकोशीका सहायक नदीहरू अरुण, तमोर र सुनकोसी पछ्याउँदै हिमालतर्फ जान खुवालुुङ हाल बराहक्षेत्र नजिक रहेको अरुण, तमोर र सुनकोसी नदीको सङ्गममा पुुगे । त्यही क्रममा खुवालुुङको कठिन मार्ग पार गर्नुपर्दथ्यो । खुवालुुङको ढोका सधैैँ बन्द हुन्थ्यो । धामीले मुन्धुम फलाक्दै पशुपक्षीको खुन चढाएपछि मात्र खुवालुुङको बाटो÷ढोका खुल्दथ्यो । यही क्रममा भुसुरीहरूले खुवालुुङको ढोका खुलाउन क्याँकी चरा (रातो जुुरेली) समातेर भोग दिए । भोग खानासाथ खुवालुुङको ढोका खुल्न गयो । त्यसपछि उनीहरू फटाफट खुवालुुङ पार गरी उकालो चढ्न लागे । उता छछाप्पा र वाछाप्पाहरू केही पछाडि रहेकाले भुुसुुरीहरूसँगै खुवालुुङ पार हुन सकेनन् र त्यसपछि उनीहरूले उकाली चढ्दै गरेका भुुसुुरीहरूलाई सोधे – ‘हैन दाजुुभाइ हो, हजुुरहरूले के कसो गरी खुवालुुङ तर्नु भयो ? हामी त तलै द्दपो अड्कियौँ त ?’ उनीहरूको कुरा सुनेर भुसुरीहरूले ठट्टा गर्दै भने–‘हैन दाजुुभाइ हो, हामीले त आफ्नै चेलीको खुन चढायौँ र पो खुवालुुङको बाटो खुल्यो त । उनीहरूको कुरा सत्य होला भन्ठानेर छछाप्पा–वाछाप्पाहरूले पनि आफ्नी आफ्नी चेलीको हातको औँला काटेर खुन निकाली खुवालुङमा चढाए । ’
‘छछाप्पा–वाछाप्पाहरूले पनि आफ्नी आफ्नी चेलीको हातको औँला काटेर खुन निकाली खुवालुङमा चढाउनसाथ खुवालुङको ढोका खुल्यो र छछाप्पा–वाछाप्पाहरूले पनि खुवालुङ पार गरे । परन्तु त्यसपछि खुवालुङको ढोका फेरि कहिलै बन्द भएन । उता काटिएको औँलाबाट झरेको चेलीको खुन एउटा केराको पातमा पर्न गयो । उक्त केराको पातमा झरेको खुन एउटा बाख्राले चाटेर खायो । संयोगवश ती चेलीको तत्काल मृत्यु हुनगयो । त्यसपछि छछाप्पा–वाछाप्पाहरूले आफ्नी चेलीको खुन खाने उक्त बाख्राको सन्तानको मासु कहिले नखाने प्रतिज्ञा गरे । तत्पश्चात् खसी बाख्राको मासु खाँदा आफ्नै चेलीको मासु खाए बराबरको दोष लाग्ने भएकोले किराँत राईहरूले खसी बाख्राको मासु नखाएका हुन् । ’
त्यसरी नै जय सिवाहाङका अनुसार ‘पारुहाङ र सुम्निमका सन्तानहरू वाडिनकुप्पा र वाडिनकुप्माले मृग, घोरल र बाख्राहरूलाई जङ्गलबाट ल्याएर पाल्न थाले । पाल्ने क्रममा चर्नका लागि जङ्गल पठाउने गर्दथे । चर्न गएका जनावरहरू आफैँ फर्केर आउँथे । यही क्रममा बाख्रा हरायो । खोजतलास गर्दा पनि बाख्रा फेला परेन । त्यसपछि उनीहरूले श्राप दिएछन् । अबबाट यो बाख्रा हाम्रो पितृमा नचल्ने होस् । सुुंसा होस् अर्थात् पितृमा अचल होस् भनेपछि राईहरूको पितृमा नचलेको हो भन्ने विश्वास रहँदै आएको छ । ’ त्यसरी नै अर्को मिथकअनुसार किराँती चेलीको शरीरमा चोट लागेको बेला बाख्राले चाटेर मरेको पाएपछि बाख्रालाई पितृमा अचल मानिएको हो भन्ने विश्वास रहँदै आएको छ ।
यही विश्वासको कारण अहिले पनि किराँत राई जातिको पूूजाआजा तथा कुुनै पनि शुुभ कार्यमा बाख्राको मासुु चलाइँदैन । यति मात्र होइन पितृमा चढाइने काँक्रा, अदुवा र कोदोबारीमा बाख्रा पसेर खान मात्र होइन, पस्न नै मिल्दैन । किराँत राईको पितृ पूजा गर्ने स्थानमा बाख्राको मासुु पकाउन मिल्दैन । बाख्राले पितृ चुला छुन मिल्दैन । पितृ पुजारी माङपा र धामीहरूले त बाख्रा जातको खसी, बोका, पाठापाठी लगायतको मासुु खानै मिल्दैन भने यीबाहेकका अन्य सर्वसाधारण किराँत राईहरूले पनि सकेसम्म बाख्राको मासुु खाँदैनन् । बाख्राको मासुु खाइहालेमा पनि तितेपातीको प्रयोग गरी ज्यान नुहाएर मात्र घरभित्र प्रवेश गर्न मिल्छ । यदि सर्वसाधारणले बाख्राको मासुु खाएर ननुहाइ घर पसेमा पितृ रिसाउँछन् र स्वयं तथा परिवारमा हानि हुन्छ भन्ने विश्वास रहेको छ । माङपा र धामीहरूले खाएमा जिब्रो बसेर बोली नआउने, बौलाउने साथै ज्यानै जाने विश्वास रहेको छ । त्यसैले माङपा र धामीहरू बाख्राको मासुुबाट परै बस्ने चलन रहेको छ ।
धामीहरूमा पनि कतिपय सुुक्सङ धामी अर्थात् असहज मृतात्मालाई बाटो लगाउने धामीहरूले भने बाख्राको मासुु खाएको पनि पाइन्छ । असहज मृतात्मा भन्नाले दुुर्घटनामा परेर मृत्युु भएको साथै त्यसरी नै मर्ने बेलामा शरीरमा घाउचोट लागेर मृत्युु भएकाका आत्मालाई भनिन्छ । त्यसरी नै मानिस मरेपछिको चोखिने दिन अर्थात् शुुद्धाइ कार्यमा मात्र बाख्राको मासुु प्रयोग गरिन्छ । यो बाहेकका अन्य कुनै पनि सांस्कारिक तथा सांस्कृतिक कार्यहरूमा बाख्रा अशुुद्ध तथा अशुुभ मानिन्छ ।
अहिलेको विज्ञानको दुनियाँमा पनि मिथकलाई विश्वास गरेर किराँत राईहरूले बाख्रा तथा बाख्राको मासुुको प्रयोगको बन्देजलाई अचम्म मान्नुुपर्ने अवस्था छ । तथापि यस मिथकलाई मिथक मात्र नमानी यसको वैज्ञानिक पक्ष र मानवशास्त्रीय पक्ष साथै सांस्कृतिक पक्षलाई गहन रूपमा केलाउन सकेमा वास्तविकता उजागर हुन सक्ने थियो । यस अर्थमा कि हरेक मिथकहरूको वास्तविक धरातल मानिसको जीवन प्रक्रियासँग रहेको हुन्छ । पक्कै पनि किराँत राईहरूले बाख्राको मासुु नखानुमा कुनै वैज्ञानिक कारण अवश्य हुनै पर्छ । रासस