logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड पत्नी सिता अस्पताल भर्ना,आखिर के भएको छ ?


  • राजनीति
  • आइतबार, माघ ६ २०७५

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई धापाखेलस्थित सुमेरू अस्पतालमा भर्ना गरिएकी छिन् । दाहालको स्वास्थ्य थप नाजुक बनेपछिर अस्पतालमा भर्ना गरिएकी हुन ।सीतालाई केहि दिनदेखि ज्वरो र खोकीले ग्रस्त बनाएको खबर छ । पारिवारिक स्रोतले स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाइ अस्पताल भर्ना गरिएको जानकारी दिएको छ ।यसअघि पनि उपचारका लागि भन्दै प्रचण्डले सीतालाइ सिंगापुर र दिल्लीका अस्पतालमा पु-याएका थिए । डा। युवराज शर्मालगायतको टोलीले सीताको उपचार सुरु गरेको छ ।
लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहाल पुत्र प्रकाश दाहालको निधनपछि निकै तनावमा परेकी थिइन । प्रकाशको निधनपछि उनी अझै तंग्रिन सकेकी छैनन् ।

नेता अधिकारीको स्वास्थ्य बारे अध्यक्ष दाहालद्वारा जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गर्नुभएको थियो ।चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भई रहेको छ ।

उहाँलाई डा राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार