logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ईन्सास खोसेर फर्किदै गर्दा ढलेकी मेरी दिदि अर्थात कमरेड मन्जु !

हरियो सर्पहरु छलेर हिडने पाइला अनि सपना देख्ने आँँखा थाकेका छैनन् ।


  • सुनिता वम 'कामना'
  • आइतबार, माघ ६ २०७५

समय १:३२ मिनेट भएछ , दिज्जु म हामीबाट भाैतिक रुपमा छुट्टीयपछि आज दाेश्राे पटक सपनासंगै बिचित्र काे भेट भयाे । ५११९ दिन पछि अर्थात १४ बर्ष पछि हामी सगै अपरिचित ठाउमा छाै रे……..याे कस्तो अनाैठाे मिलन अनि कस्तो सपना……………। हजुरलाइ मेराे निजी अनि राजनीतिक जिवनकाे हरेक माेडमा पाइला मा विशेष सम्झन्छु र म बिर्सुपनि कसरी जसले याे बाटो देखाउनु भयाे , डाेर्याउनु भयाे।

राजनीतिकले नया माेड लियकाे कुरा, हाम्रो सपनाका आदर्शहरु पतित भयर बाैलायकाे कुरा,शहरका गल्लि गल्लिमा हाम्रो रगतकाे आहालमा आलिसान महलहरुमा अपरिचित मान्छेहरु बिराजमान छन्। क्रान्ति चैतेहरुका लागि हराभराभुमि भएकाे छ। चाकडी लम्पसार राजनीति संस्कार बनेकाे छ।
म मनका अनेक तरंग हजुरसंग साटन आतुर थिए याे भेटमा याे कस्तो भेट जहाँ म एकशब्द बाेल्न पाइन।
याे कस्तो मिलन म पुरै बेखबर हुनुपर्ने न गाउघरकाे कुरा न राजनीतिक जिवनकाे कथाब्याथा सुनाउन पाए न हजुरकाे एक शब्द सुन्न नै । याे मुटु चस्काउने मिलन ले त्याे दिनबारे निकै याद दिलायाे। १४ बर्ष अगाडि काे आजकाे दिनकाे जिवन सम्झिरहेकि छु।

यस्ता दिन पनि आउने रहेछन मान्छे काे जिवनमा जुन कल्पना बाहिरका सत्यतासग आकस्मिकताकाे रापमा हेलिनुपर्ने तुफानसग ठेलिनुपर्ने सागरमाथि तैरिनु पर्ने।
त्यहि दिन अर्थात आजभन्दा १४ बर्ष अगाडि
माघ ५ काे२०६० माघ काे हिउसंग करिव १३ घन्टा हिडेपछि राममराेशन जहाँ कार्यक्रम स्थल हाे त्यहा पुगियाे।जहाँ पहिलो पटक सेतिमहाकाली प्रादेशिक जनसरकार घाेषणा हुदैथियाे। म कालिकोट का जनता घरबाट कार्यक्रमकाे लागि आउनुभएका दाजुहरुसंगै थिए। हजारौं जनताकाे बिच कार्यक्रमकाे अाैपचारिक सुरुवात गरे शरदसिंह भण्डारी ले। बडो उत्साहपुर्वक कार्यक्रममा हामी भाग लिइरहेका थियाै। नेताहरु प्रभाकर, लेखराज भट्ट लगायत पश्चिम शैन्य टिम र बिशु जनसास्कृतिक कम्पनीका राेचक प्रस्तुति का बिच अाैपचारिक उद्घाटन गरियाे। एउटा उल्लास र उमंग थियाे त्यहा । संकटकालकाे कुनै प्रवाह थिएन । जनमुक्ति सेनाले कार्यक्रम काे सुरक्षा दिइरहेकाे थियाे जनताहरुलाइ बस्नलाई प्रयाप्त ठाउँ नहुदा खेतमा बस्ने ब्यबस्था थियाे।तर मेरो मनमा त्याे उत्साह ले छुन नसकेको भान हुन्थ्याे त्याे उल्लासकाे बिचमा भएपनि सराेकार हिनजस्ताे ठान्थे आफुलाइ थाहा थियाे मलाई त्याे घाम सग न तापकाे अनुभुती थियाे न त हजारौं जनता र त्याे जनसागरसग सामुहिकताकाे मात्र मन छट्पटी भइरहेकाे थियाे। लामाेबाटाे हुदा खाना हामीले घरबाट राेटी र सातु बाेकेका थियौ। ४ छाक खाना त्यहि खानुपर्ने थियाे हजारौं जनताहरुकाे बिचमा ब्यबस्थापन निकै जटिल थियाे।
जब कार्यक्रममा शुभकामना काे क्रम चल्याे तेश्राे बक्ताकाे रुपमा तत्कालीन साताै डिभिजन भिसी जीवन काे थियाे।म कार्यक्रम काे पहिलो लाइनमा मन्चकाे अगाडि थिए मसगै हाम्रो गाउँ का दाजुदिदीहरु पनि हुनुहुन्थ्यो। हामी काे कहाँ कसरी सहिद हुने अबसर पाउथ्याै थाहा हुन्थेन। आजकाे दिन त्यहि दिन भयाे मेरोमा जिवनकालागि कहिल्यै भुल्न नसक्न चाेट दियर गयाे।
जीवन दाइकाे सम्बाेधनकाे सुरुवात थियाे महान सहिद (बिसमपुरा बम) कमरेड मन्जुप्रति हार्दिक श्रद्धाञ्जली……उहाले थप्नु भयाे एक शाहासिक नारी जसले जिउदै शाहिसेनाका जल्दातहरुकाे हातबाट पहिलो पटक “इन्सास खाेस्नु भयाे” रिटिड हुनेक्रममा दुश्मनकाे गाेलि लाग्याे उपचारका क्रममा उहालाई बचाउ सकेनाै” “उहाँ महान सहिद हुनु भयाे”। म त कन्फ्युज भए काे मन्जु ? काे सहिद ? हत्तारिय उठे र जनमुक्ति सेनामा कार्यरत दिदी प्रतिक्षालाइ साेधे दिदी जीवन दाइले के भन्नू भयाे? काे हुन मन्जु ? हत्तनपत्त साेधे हाम्रो दिज्जु मन्जु त ठिक हुनुहुन्छ नि ? सेन्टी छ रे हाे उहाँको ? यति नसक्दै दिदी भक्कानिन गाल्नु भयाे “उ साहासिक थिइ उ बचिन उ सहिद भइ” हामिले “समयमै उपचार गर्न सम्भव भएन अबस्था निकै जटिल थियाे……”। म बेहाेस भएछु।जनमुक्ति सेनाकाे बटालियन एचक्युकाे स्वास्थ्यकर्मि कहाँ लगियछ मलाई । करिव अादा घन्टा पछि जब हाेसमा आए मेराे हातमा क्यानला थियाे स्लाइन चढाइएकाे रहेछ। म समालिन काेसिस गरे।
मन्जु दिज्जु काे भाइ अनिपाल दाजु पनि त्यतिबेला जनमुक्ति सेनामा हुनुहुन्थ्यो त्याे दिन मन्जु दिज्जु काे ठुलाेदाजु (अमराज बम ) कार्यक्रममा आउनु भएकाे थियाे। २ घन्टा रेष्ट गरेपछि मैले दाजुहरुलाइ भेटाइदिन भने म र प्रतीक्षा दिदी गयाै। दाजु बेहाेस अबस्थामा हुनुहुन्थ्यो।केही भन्न सकियन। एकाेहाेराे हेरेर टाेलाउने रुने भन्दा सम्झाउने कुनै अाटै अाएन मलाई र दिदी पनि उहीँ हालतमा हुनुहुन्थ्यो। हामी निकै राेयाै अब हाम्रो ध्यान सराेकार कार्यक्रम का लागि रहेन । गाउघरबाट अाएका सबै एकठाउ भयाै। आखिर कस्लाइ आउने सात्वनाका शब्द दिने आट।
सुनाउनले त अरुकुराकाे हेक्का नगरी सार्वजनिक गरे हामी समालिने अबस्था बनेन चाेट पर्नेहरु।दिदी काे भखर प्रेम प्रस्ताव चलेकाे थियाे । बाजुराकाे दिनेश सग। म दिनेशलाइ भेट्न निकै आतुर थिए।उहाकाे टिम कार्यक्रम काे सबभन्दा बाहिरी घेराकाे सुरक्षामा रहेछ, कमान्डर सग अनुराेध गरेपछि उहालाई बाेलाइयाे त्याे रात राेयरै बितायाै ।
भाेलिपल्ट दाजुहरु कालिकोट फर्किनु भयाे म भने अभियानकाे लागि डडेल्धुरा जानुपर्ने थियाे । भाेलिपल्ट बिहान ११बजे दिज्जुकाे प्रेमि दिनेशसग भेट भयाे। हामी निकै बेर राेयाै। आखिर आशु फालेर हल्का हुने बाहेक अरु थियाे र पाे के…। त्यसपछि घटनाबारे साेधे ।
२०६्० माघकाे डडेल्धुरा हगुल्टे लेक काे भिडन्त आफुपनि संगै माेर्चामा भएकाे कुरा सुनाउनुभयाे । उहाँ भन्दैहुनुहुथ्याे उहीँ ” कैयाेन पुरुष कमरेड भन्दा निकै शाहासिक नारी थिइ”। हामी पछाडि थियाै “उ आइएनटी हाे, त्याे दिन एसाल्टमै लड्याे।” “हामिले दुश्मन लाई सम्पुर्ण हिसावले घेराबन्दीमा पारिसकेका थियौ जब हामी जित्नेतिर पुग्याै खुट्टा गाेलि लागेकाे जिउदै शाहिसेनाकाे हतियार “इन्सास” जाे हामिसग थिएन उनले खाेसेर फर्किछन ।” पछाडिबाट अर्को दुश्मन ले हानेकाे गाेलि पेटमा र मेरुदण्ड मा लागेछ । उनी त्यहा ढलिन “मैले घाइते भएकाे खबर पाउनसाथ भेटे अबस्थामा निकै जटिल थियाे तत्काल कुनै उपचार सम्भव भएन।”
हामी लडाइ सफल भएपछि फर्कियाै उहाकाे उपचारकाे लागि इन्डिया लिने कुरा भयाे।तर पछि दुश्मनले घेराबन्दी गर्याे ।तुरुन्तै लान सकियन भाेलिपल्ट कैलाली काे खिमडी अाफ्नै स्वास्थ्य पाेष्टमा पुगेछन्। समयमा आबश्यक उपचार भयन चाैथाे दिन हामी सबैलाई छाेडेर हिडिछन्”।
अन्तिम पटक म अनि अनिपाल दाजुलाइ भेट्न इच्छा भएकाे कुरा सुनाउदै गर्दा म फेरि बेहाेस भएछु। म समालिन सकिन । उहाहरुले निकै सम्झाउनु भयाे। दिज्जुकाे चिनाेकाे नाममा एउटा रुमाल र ४ प्रति फाेटा दिनु भयाे।
त्यसपछि पर्सिपल्ट हामी डडेल्धुरा तिरकाे यात्रा सुरुगर्याै। तत्कालीन शाहिसेनाले उक्त कार्यक्रम पछि डाेटी र अछाममा विशेष अप्रेशन चलायाे हामी निर्धारित समयमा डडेल्धुरा जानसकेनाै।अछाम हुँदै सुर्खेत काे लगाम बेतान काे करिब हप्ता बसाइपछि हामी डाेटी हिड्याै।

मलाई जिज्ञासा र काैतुहलताकाे बिषय थियाे डडेल्धुरा काे प्रबेश लगामबाट हिडेकाे तेश्राेदिनमा सबभन्दा नजिकै बाट भिडन्त मा परियाे हामी टिम तितरबितर भयाे।आखिर यी सबै भाेगाइ घटना फेक लाग्थे रात दिन तस्बिर हेर्थे अनि हजुरसग भेटथे । मनका हरेक कुरा मनमननै भन्थे मलाई थाहा थियाे हजुर सुन्न सक्नुहुन्न र पनि तस्बिर साक्षि राखेर कसम खान्थे। म याे बाटो बाट बिचलित हुनेछैन्।
संयाेग र समयकाे खेलपनि कस्तो म अभियानकाे शिलशिलामा डडेल्धुरा थिए अस्वस्थताका कारण अप्रेसन काे लागि इन्डिया हस्पिटल मा भर्ना थिए डाेटीमा दिनेश (मन्जु दिज्जुकाे प्रेमी)उहाकाे पनि शाहदत्त भएकाे खबर एक हप्ता ढिला सुने।

मलाई याद छ म १२बर्षकाे बच्पनमा हजुरसगै समाजफेर्ने सपनामा हात मिलायर हिडेकाे।
बालक हात समायर २०५७चैत्र २२ गते हाइस्कुलसम्म कार्यक्रम मा लियकाे त्याे दिन अनि हजुरसंगै म पनि हिडने निधाे गरेकि थिए। म त यति जान्दथे हामी लडे हाम्रो मुक्ति हुन्छ। हामी सहित १२जना एकैदिन हिडेका थियाै। अरु १०जनासग भेट पनि हुनसकेकाे छैन सुन्ने गर्छु काेहि पैसा कमाउने निजी जीवन धान्ने बाटोमा छन्। काेहि बैचारिक हिसावले बिचलित छन काेहि समर्थक मात्र। जुन सपना बाेकेर एकै रात हामी हिड्याै हिडेकाे ४बर्ष नपुग्दै हजुरलाइ गुमाउनुपर्दा काे पीडा काे के बयान गराै र खाेइ……
आदर्णिय दिज्जु म यस्तो ठाउमा छु। जुनबाटाे लियर हामी हिड्याै त्याे बाटो अलपत्र छ बिसालु र बिरानाे बन्दैछ। आज हाम्रो बाटो काे लामा अर्कैका भान्छे र यात्री रैति छन्।

हाम्रो बलिदानमा दुष्टहरुकाे राज छ बिराजमान छन युद्ध अपराधीहरु। आफैलाइ बलिदानले गिज्जाइरहेकाे छ।
जुन हतियार “इन्सास” ल्यायर बलिदान गर्नु भयाे त्याे रगतसग साटियकाे महानता लुटियकाे छ। उपचार नपायर हजुरजस्तै थुप्रै याेद्वा गुमायाै त्यहि जगमा उभियर अराेबाैकाे घाेटाला गर्दै सिटामाेल किन्न थाइल्यान्ड ,स्विजरल्याण्ड धाउछन्। हामिले बलिदान बिरता र पसिना पाेखेर ल्यायकाे सम्पति केही बाकि रहेन् त्याे पार्टी रहेन न क्रान्ति रहयाे।
एउटा नयाँ संकल्पकाे सुरुवात भएकाे छ सपनाको , आसा मरेकाे छैन् नेपाली जनताकाे जिवनमा परिवर्तन आएकाे छैन,नेपाली महिलाहरुकाे जीवन बलत्कार हत्या याैन शाेषण र सामाजिक कुसंस्कार काे चाराे बनेकाे छ। हजुरजस्ता १७ हजार याैद्वाहरुकाे बलिदान ले केही परिवारमा समाजवाद आएकाे छ संबृद्वी छायकाे छ  शान्ति काे सुरुवात भएकाे छ।तर क्रान्ति भएकाे छैन् प्रतिक्रान्ती भएकाे छ।

छिपछिपेमा एउटा सपना पलायकाे छ क्षितिज मा किरण झुल्केकाे छ त्याे एकीकृत जनक्रान्तिकाे बैज्ञानिक समाजबादकाे निमाेठन पैतलादेखी टुप्पीसम्मकाे बल लागेकाे छ तर सीप चलेकाे छैन्। यहि हरिया सर्पहरुकाे बिगबिगी छ सर्प छलेर हिडने पाइला अनि सपना देख्ने अाखा थाकेका छैनन्। दिज्जु हाम्रो याे कस्तो मिलन भयाे म यी सब कुरा भन्न नपाउदै आखाँ ब्युझिय निन्द्रा हरायाे याे कस्ताे सपना माया बल्झायाे…….. यादमा अल्झायाे…..न आँखा निदाउन सक्छु …….न सहजतामा रात बिताउन सके…….।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार