logo शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

भ्रष्टाचारी र तस्करहरुको फाइल तयार भैसकेको विप्लव नेकपाको घोषणा


  • न्युज डेस्क
  • सोमबार, माघ ७ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची र गुल्मीले केन्द्रीय अभियान टोलीले मालारानी गाउँपालिका – २ स्थित डाँडाकटेरीमा सङ्गठन सृढृण तथा विस्तार अभियानलाई तीव्रता दिएकोछ ।

अभियानमा बोल्दै नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले जनताको सपनालाई अधुरो राखी भ्रष्टाचार तस्कर गरी चिल्ला गाडीमा चढ्नेको फाइल खडा गरी जनताको बीचबाट कारबाही गरिने बताएका छन् ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला गुल्मीका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह,अर्घाखाँची इन्चार्ज कमल केसी सेक्रेटरी खेम खड्का जनसरकार प्रमुख प्रशान्त बराल, लुम्बिनी ब्युरो सदस्य सुनिल चौधरी, सामनालगायत अन्य जिल्ला स्तरीय नेतामा अभियानमा सहभागिता रहेकोे छ । नेकपाले मुलुकभर चलाएको अभियान दुई महिना सम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार