logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

हिजो एम्बुस थाप्ने ठाउ लाग्थ्यो, आज बिजुली बलेको मात्र देख्छु : वर्षमान पुन


  • आश तमु
  • मंगलबार, माघ ८ २०७५

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतमा रास्ट्रलाई आत्मनिर्भर बनाउने काम अघि बढाएको बताएका छन् । उनले सरकारको आर्थिक वृद्धि दरलाइ उकालो लगाउन विजुलीको उत्पादन पनि गर्नुपर्ने धारणा राखेकाछन।

राजधानीमा सोमबार आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन । मन्त्री पुनले आफ्नो पदमा रहँदा देखिएका सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने तिर जोड दिएकाछन ।

मन्त्री पुनले भने ‘हिजो म सानो छँदा खोलालाई पौडी खेल्ने ठाउँ मान्थे, युवा भएपछि माछा मार्ने ठाउँजस्तो लाग्थ्यो,’ उनले विगत स्मरण गरे,’युद्धमा होमिँदा खोला भनेको शत्रुलाई एम्बुसमा पार्न सजिलो हुने ठाउँका रुपमा देख्थेँ, नेताका रुपमा लगानी गर्ने स्थल जस्तो लाग्थ्यो, आज ऊर्जा मन्त्रीका रुपमा म खोला तथा नदीमा विजुली मात्रै देख्छु ।’ पुनले सोच र दृष्टिकोणलाई बदलेर सबै शक्ति राष्ट्र विकासमा लगाउनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार