राजनीति
भारतीय कमेडी फिल्म ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । धमाल फ्लिमको सिक्योएसमा टोटल धमाल बनेको हो। अजय देवगन , अनिल कपूर , माधुरी दीक्षित, रितेश देशमुख, अरशद वारसी , जावेद जाफरी , संजय मिश्रा र महेश मांजरेकर ले यस फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन् ।
२।५० मिनेटको ट्रेलर कमेडीले भरिएको छ । यस चलचित्रको कयौं सीन पेट मिची-मिची हसाउने खालको छ । फिल्मको कथावस्तु यस्ता मानिसको वरिपरी घुम्छ कि, जो ५० करोडको खजानाको खोजीमा निस्कन्छन । तर यस क्रममा कयौं रमाइलो ट्विस्ट हेर्न पाइन्छ । कोहि सिंहको चंगुलमा फस्छन् भने कोहि चिम्पान्जीको सामना गर्न पुग्छन, त्यस्तै कोहि सर्पको मुख नजिक पुग्छन् । ट्रेलरमा कयौं रमाइलो डाइलग्स पनि समावेस छन् ।
इन्द्र कुमार को निर्देशनमा बनेको ‘टोटल धमाल’ को ट्रेलरमा २२ फेव्रुअरीमा रिलीज हुँदैछ । जुन २००७ मा आएको ‘धमाल’ को सिक्वेल हो, जसको दोश्रो पार्ट २०११ मा ‘डबल धमाल’ को नाममा रिलीज भएको थियो ।