logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भोल्क्यानिक पहाडभित्र दबिएका प्राचीन घोडाका थुप्रै अवशेषहरु – तस्बिरहरु


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

रोम– भोल्क्यानिक पहाडभित्र दबिएका घोडाका थुप्रै अवशेषहरु आर्केओलोजिस्टहरुले भेट्टाएका छन् । आइतबार इटालीको प्राचीन सहर रोमनजिक पोम्पेईमा भेटिएका ती अवशेषका तस्बिर सार्वजनिक भएका हुन् ।

यी अवशेषहरु प्राचीन भिल्लाको एक तबेलामुनि भेटिएको बिबिसी न्युजले जनाएको छ । यीमध्ये एक अवशेष सग्लो, सफा र गहनासहितको छ । खुट्टाको पोजिसन हेर्दा यो गेटबाट बाहिर छलाङ मार्न आँटेजस्तो देखिन्छ ।

माउन्ट भेसुभियसको इरप्सनले यो प्राचीन रोमन सहर सन् ७९ मा ध्वस्त पारेको थियो । त्यो भयानक ज्वालामुखी विस्फोटले हजारौँ मानिस तथा जनावरको ज्यान लिएको थियो ।

पोम्पेई आर्केओलोजिकल पार्कका महानिर्देशक मसिमो ओसन्नाले इटालियन न्युज एजेन्सी अन्सालाई ‘उक्त घोडा उच्च सैनिक अफिसरसँग रहेको र त्यसले ज्यादै भयानक अन्त्य भोगेको’ आफ्नो अनुमान सुनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार