राजनीति
काठमाडौँ – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो बोल्ड छविका कारणले पनि परिचित छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रमा निकै नै रुचाइएकी हिरोइन हुन ।
उनी पछिल्लो समयमा निकै चर्चित र डिमान्ड गरिएकी नायिका हुन् । साम्राज्ञीको यो विन्दास अवतारको कतै प्रशंसा हुन्छ त कतै आलोचना । तर, पनि उनलाई यस्तो कुराले खासै फरक पारेको छैन ।
छोटो समयमै नेपाली चलचित्र क्षेत्रमा नाम कमाएकी शाहलाई आफ्नो चलचित्रमा लिन निर्माताहरूको तछाडमछाड नै हुनेगर्छ।
उनै, साम्राज्ञीले अहिले स्विमिङ पूलमा रमाउँदै गरेका आफ्नो बोल्ड तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।