‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको !
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको….!’
नेपाली लोक सागितिक क्षेत्रमा मौलिक छवी सहित भाइरल बनेको गीत हो सालको पात… । यो गीत बच्चादेखि वृद्धसम्मले रुचाएका छन् । बिहे, पार्टी र दोहोरी साँझमा मात्रै होइन बिदेशी सम्म झुमेको देखिन्छ । कोठा देखी यात्रा सम्म, रेष्टुरेन्ट देखी पार्टी सम्म यत्र तत्र सर्वत्र यही गीत बजेको सुनिन्छ । लोक गीतका पारखीहरुको मुखमा झुन्डिएकै हुन्छ कतिपय लोकगित कहिल्यै सुन्दैन भन्नेहरु पनि सालको पात भनेर गुनगुनाइरहेको सूनिन्छ ।

युट्युबमा २४ मिलियन भन्दा बढीले भ्युवर्स पाएको यो गित लोकप्रीयताको उकाली चढिरहेको छ। यो लोक दोहोरी गीतको इतिहासमै यो पहिलो रेकर्ड हो । यो गीतले नयाँ रेकर्ड मात्रै राखेन, आफ्नै रेकर्ड पनि ब्रेक गरिरहेको छ । पर्वतेली लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको जादुमय स्वरले भरिएको यो गितमा बिष्णु माझी पनि उत्तिकै डुवेर गाएकीछन । यो गितको लय तथा शब्द सिर्जना बाग्लुङ्गे सर्जक बसन्त थापाले गगरेकाहुन ।

सदैव चर्चामा रहिरहेका गायक कुलेन्द्र बिश्वकर्माको सालको पात सगै चुलीएको लोकप्रीयताले झन यति वेस्त भएका छन की घर परिवार लाइ समय मिलाउन हम्मेहम्मे जस्तो परिरहेको छ । पछिल्लो समय मेला महोत्सव जस्ता कार्यक्रममा भ्याइनभ्याई कुदिरहेका कुलेन्द्रको सफलताले घरपरिवारमा निकै खुशी रहेका छन ।

चर्चित यो गीतले मनोरञ्जनसँगै सन्देश समेत प्रभाह गरेको छ । पछिल्लो पुस्ताले अत्यन्तै मन पराएको सालको पातबाट टपरी लोक सगित क्षेत्रको एउटा नमुना बनेकोछ ।
