logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्यक्ति कसरी स्वस्थ बन्ने ?


  • स्वास्थ्य डेस्क
  • बुधबार, माघ ९ २०७५

रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नु अगाडि नै तिनको रोकथाम गरेमा धेरै दुख र झन्झटबाट बच्न सकिन्छ। यस्तो रोकथाम गर्नमा गरेमा धेरै समय र पैसा पनि लाग्दैन । यस किसिमको स्वास्थ्य समस्याहरूको रोकथामले महिला र उनको परिवारको स्वास्थ्य राम्रो बन्ने हुनाले पछि गएर जीवन बाँच्न सजिलो र राम्रो हुन्छ ।

व्यक्तिगत सरसफाइ

सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ । साथै :

खाना पकाउनुअगि, खाना खानुअगि, दिसा—पिसाब गरिसकेपछि र केटाकेटी तथा रोगीको सेवा गर्नुअगि र पछि आफ्ना हात धुनुहोस्। दिसा बसिसकेपछि राम्ररी पुछ्नुहोस् वा सफा पानीले पखाल्नु होस्।

दाँतको सफाइ

दाँतको राम्रो सफाइ गरेमा दाँत दुख्ने (दाँतको पालिस पखालिएर बनेका प्वालहरू र गिजा सुन्निने, दुख्ने समस्याहरू रोक्न सकिन्छ ।
दाँतबाट पिप बग्नु भनेको गम्भीर संक्रमण भएको कारणले हो । यो शरीरका अरू भागमा पनि फैलन सक्छ ।
जसले दाँतको राम्रो सफाइ गर्दैन, बुढेसकाल नहुँदै उसका दाँत झर्न सक्छन् ।

दनको दुईपटक राम्ररी सफा गर्नुपर्छ । यसरी सफा गर्ने गरेमा किरा लाग्नबाट बचाउन सकिन्छ । दाँतका बाहिरी भाग, भित्री भाग, माझमा र गिजामुन्तिर पनि राम्ररी सफा गर्नुहोस्। दाँत सफा गर्न बेरेर द त सफा गर्न सकिन्छ । टुथपेस्ट हुनु राम्रो हो तर अत्यावश्यक हाइन ।नुन र सफा पानीले सफाइ गर्दा पनि हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार