ब्यत्तीको प्रगति र उपलब्धिको पछाडी कसै न कसैको साथ सहयोग रहेको हुन्छ । हाम्रो समाजमा एउटा भनाइ छ हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । यो भनाइले समाजमा रहेको बिधमान बुझाइलाइ प्रष्ट पार्दछ । हामी त्यो भनाइ सग सहमत हुनेनहुने कुरा त होला तर यति भन्न सकिन्छ हरेको सफलताको पृष्ठभुमीमा कसै न कसैको साथ जरुरत हुन्छ ।
यस्तै हाम्रो मुलुकको राजनीतिमा सक्रिय जिवन बिताइरहेका छ एउटा राज्यको नेतृत्वदायी भुमिका सम्म पुगेका ब्यक्तिहरुको सहयोगी साथ कस्तो छ हामी हेर्न सक्छौ ।
मुलुकमा १० वर्षको जनयुद्ध र ०६२/०६३ को बिद्रोह पछाडी लोकतान्त्रिक गणतन्त्र हुदै गणतन्त्र सम्म पुग्दा ८ जना ब्याक्ती प्रधानमन्त्री बने । गिरिजा प्रसाद कोइराला देखी वहालवाला प्रधानमन्त्री केपी ओलि सम्म पुग्दा उनिहरु सगै रहेर साथदिने महिला बारे हेरौ ।

केपी ओली र राधिका शाक्य
बहालवाला प्रधानमन्त्री केपी ओलिको अंतरजातीय बिबाह हो । उनकी जिवन संगीनीको नाम राधिका साक्य हो । उनिहरुको सन्तान छैन । ओली अहिले पनि श्रीमतीलाइ प्राय कार्यक्रम सगै लिएर जान्छन । राजधानीमा आउदा संकटको बेलामा ओलिलाइ नजिक बाट सहयोग गरेकी हुन।
पुष्प कमल दाहाल र सिता दाहाल

जनयुद्ध नेतृत्व गरेका प्रचण्डका जिवन साथी सिता दाहाल हुन । प्रचण्डको कठिनतम दिनहरुमा नजिक रहेर ब्यवस्थापकीय भुमिका निर्भाह गरेकी हुन । पछिल्लो समय छोराको निधन पछि सिता दाहाल एकप्रकारको डिप्रेसन बाट ग्रसित छन ।
झलनाथ खनाल र रवि लक्ष्मी चित्रकार

अंतरजातिय बिबाह गरेका खनाल श्रीमती भने नेवार समुदायकी हुन । रवी लक्ष्मी चित्रकार ले खनालको उपत्यका प्रवेश सगै सहयोग गर्दै साथ दिदै आएकी छन ।
माधव कुमार नेपाल र गायत्री आचार्य

लामो समय पार्टीको मुख्य जिम्मेवारीमा रहेका नेता नेपालकी श्रीमती गायत्री आचार्य हुन । उनि सेवामा रहेकी छन । उनले पनि नेपालका हर पक्षमा साथ दिदै आएकी छन ।
बाबुराम भट्टराई र हिसिला यमी

बिद्धान छवी बनाएका डा बाबुराम ले पनि अंतरजातिय विबाह गरेका हुन । काठमाडौकी नेवार समुदायकी हिसिला यमी गणतन्त्र पछि बनेका प्रधानमन्त्री की जिवन साथी मन्त्री बन्नेमा यो जोडी नै प्रथम हो ।

शेर बहादुर देउवा र आरजु राणा
श्रीमतीकै कारण चर्चामा आइरहने ब्यक्ति हुन देउवा । उनिहरु दुवै जना राजनीतिको उच्च ओहोदामा रहेर काम गरिरहेका छन । देउवा अलिक बढी श्रीमती आरजु राणा बाट चलेको भन्ने चर्चा चलिरहेको हुन्छ ।

शुसिल कोइराला
उनि अविवाहित थिए । उनि प्रधानमन्त्री हुदा भएका अन्तर्राष्ट्रिय कार्यक्रममा प्रथम महिलाको रुपमा एकजना कोइराला थरकी महिलाले सहयोग गरीकी हुन्थ्यिन ।

गिरिजा प्रसाद कोइराला र शुष्मा कोइराला
पहिला नै श्रीमती शुष्मा कोइराला गुमाएका गिरिजा प्रसादले आफ्नि भाउजु लाइ आफ्नो आदर्शको रुपमा ब्यवहार गर्दथे । पछि उनलाइ आफ्नै पुत्री सुजाता कोइरालाले साथ दिएकी थिइन ।