काठमाडौं- खानेपानी मन्त्रालयमा चरम घुसघोरी हुने गरेको खानेपानी मन्त्रालयका एक वरिष्ठ सहसचिव राजनराज पाण्डेले खुलासा गरेका छन्। खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरमाथि ‘चरम घुस्याहा’ भएको उनले आरोपपनि लगाएका छन्। उनको यस्तो आरोपछि मन्त्रालयमा हलचल मच्चेको छ ,नेपालपानाले लेखेको छ।।
मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाइएपछि उनले मन्त्रालय भित्रको बेथिती बाहिर ल्याएका हुन्। उक्त बेथिती सुनेर जनमानसमा मन्त्रालय भित्रा घुसघोरी हुने गरेको अंकलन गर्न थालिएको छ। पाण्डेले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन् । यो फारम उनले फेसबुकमा समेत पोस्ट गरेका छन् ।

‘माननीय मन्त्रीज्यू र श्रमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ’ गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले लेखेका छन्, ।
तर मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति खानेपानी मन्त्रालयले आपत्ति जनाएको छ। सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठले बटाएका छण।
सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उहाँको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ।
मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उहाँले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ। सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ। सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।