logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ काँग्रेस पार्टी कार्यालयमा नेविसंघको नाराबाजी


  • राजनीति
  • बिहिबार, माघ १० २०७५

काठमाडौं– नेविसंघका कार्यकर्ताले काँग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् । नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै
चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नाराबाजी गरेका हुन् ।

नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए । काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएपनि पौने १ बजेसम्म सभापति शेरबहादुर देउवा पार्टी कार्यालय नपुग्दा बैठक सुरु हुन ढिला भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार