logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भोलिको संसद वैठकमा मुठभेड हुन सक्छ : गगन थापा


  • न्युज डेस्क
  • बिहिबार, माघ १० २०७५

सत्ता बाहिरको दल नेपाली कांग्रेसका प्रखर युवा नेता गगन थापाले भोलि हुने संसद बैठकमा सभामुख तटस्थ नभए मुठभेड पनि हुनसक्ने संकेत गरेकाछन।

राजधानीमा काठमाडौ आयोजित एक कार्यक्रममा  उक्त धारणा राखेका हुन । कार्यक्रममा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरूको लागि चित्त बुझ्दो नभएको बताएकाछ्न ।

 

 

थापाले भने,‘जुन विधेयक अनसनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ। त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो।’

 

भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरूलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरूको रहेको पनि थापाले सुनाए। उनले थपे,‘अस्तिको घटना जुन संसदभित्र भएको छ, त्यो भएको घटनाप्रति उहाँले सदनभित्रका अमर्यादित घटनालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार