logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कांग्रेस सांसद नाराबाजी गर्दै,चिकित्सा शिक्षा विधेयक संसदबाट पारित


  • राजनीति
  • शुक्रबार, माघ ११ २०७५

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा पनि कांग्रेसको अवरोध कायमै रहेको छ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा नाराबाजीकाबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

काँग्रेसले नाराबाजी गरिरहेको बेलामा निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बीच स्वीकृत भएको हो । विरोधका बाबजुत शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो। तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिए पछि काँग्रेसले संसदको रोष्ट्रम घेरेको हो ।कांग्रेस सांसद पुष्पा ढकालले बैठक सुरु हुन साथ सम्बोधन गर्दे सरकारले आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा खोलेको अस्पतालका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताइन्।

उनले सरकार कांग्रेसका नेताहरुको नाममा खुलेका अस्पताललाई विघठनको तयारीमा लागेको भन्दै त्यसलाई नसच्याएसम्म संसदको कामकारबाही अगाडि बढाउन नदिने बताइन्।उनले बोलेलगत्तै कांग्रेस सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको संसदको अवरोध अन्त्यका लागी सभामुख कृष्णबहादुर महराको पहलमा बसेको बैठकमा पनि सहमति जुटन सकेन।

सभामुख महराले शुक्रबारको संसद बैठक सुरु हुनुभन्दा अगाडि नै संत्तारुढ दल नेकपा र प्रतिपक्षी दल बैठक राखेका थिए।बैठकमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि सहमति जुटन नसकेको सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

‘बैठकमा सहमति जुट्न सकेन’, उनले भने, ‘सभामुखले सदन अवरुद्ध नगर्न र प्रतिपक्षका माग सम्बोधन गर्न दुवै दललाई आग्रह गर्नुभयो।’प्रतिपक्षी दल कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालाई संघ अन्तर्गत राख्न माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।

दुई दलबीच सहमति नभएपछि अहिले संसद बैठक सुरु भएको छ। संसदमा कांग्रेस सांसद पुष्पा ढकालले सम्बोधन गरिरहेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार