logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भिडियोमा हेर्नुस् रोचक दृश्य,काँग्रेसको घेराबाट यसरी फुत्किए शिक्षामन्त्री


  • राजनीति
  • शुक्रबार, माघ ११ २०७५

काठमाडौं– शुक्रबारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यतालिका झण्डै डेढ घण्टा ढिलो सुरु भयो ।पक्ष विपक्षमा सत्तापक्ष र विपक्ष विधेयकको आ–आफनै अडानमा थिए ।शिक्षामन्त्री गिरीराजमणी पोखरेल सहजै विधेयक प्रस्ताव गर्नसक्ने अवस्थामा थिएनन् । प्रतिपक्ष दलका सांसदहरु बैठक सुरु भएलगत्तैनारावाजी गर्न थालिसकेका थिए । शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई विधेयक प्रस्तुत गर्न नारावाजीकै बीचमा सभामुख कृष्णबहादुर महराले अनुमति दिए ।

प्रतिपक्ष सांसदलाई रोष्टमतर्फ अघि बढ्न मर्यादापालकहरु रोकिरहेका थिए । प्रतिपक्ष सांसदहरु मन्त्री पोखरेललाई रोष्ट्रमतर्फ जानबाट रोक्न चनाखो भएर बसेका थिए ।यतिकैमा आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्न मन्त्री पोखरेल खोजे । विपक्षी सांसदहरुले धकेलाधकेल गर्न थाले । तर, मन्त्री पोखरेललाई मर्यादापालकले घेरेर फुत्तै रोष्ट्रममा पुर्याए ।

त्यसवेलासम्म सभामुखले प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरिरहेका थिए । काँग्रेस सांसदको घेराबन्दीबाट रोष्ट्रममा पुगेका पोखरेलले सुरुमा हात हल्लाए । त्यसपछि चस्मा मिलाए । लगत्तै दुई हातले माइक मिलाउँदै पोखरेलले फटाफट विधेयक प्रस्तुत गर्दै छलफलका लागि प्रस्ताव गरे ।

भने, ‘सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्छु धन्यवाद ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार