logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

‘सभामुखले जालझेल गरे,सरकारबाट निषेधको राजनीति भयो ‘-गगन थापा


  • राजनीति
  • शुक्रबार, माघ ११ २०७५

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षीको अवरोधबीच जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिनुलाई सरकारबाट ‘निषेध राजनीतिको प्रारम्भ’ र सभामुखको ‘जालझेलपूर्ण व्यवहार’ भनी टिप्पणी गरेका छन्।

संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘सदन अवरोध गरेर उिभइरहेको प्रतिपक्षलाई निषेध गर्ने सरकारले मसँग दुईतिहाइ बहुमत छ भन्ने सन्देश दिन खोजेको छ। मसँग असहमति राख्नेलाई म चिन्दिनँ, उनीहरूको कुरा म मान्दिनँ भन्ने सन्देश दिएको छ। यो निषेधको राजनीतिको प्रारम्भ हो।’

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराको व्यवहारको पनि सांसद थापाले आलोचना गरे। महराले सभामुखका रूपमा निष्पक्ष व्यवहार देखाउन नसकेको र सत्तापक्षको आदेशपालकजस्तो रवैया देखाएको थापाले बताए।

अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित

अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप लगाए।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दु:ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

उनले सरकार कांग्रेसले गरेका सबै काम मेट्न लागेको बताए। यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए। उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।श्य,काँग्रेसको घेराबाट यसरी फुत्किए शिक्षामन्त्री

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार