logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेविसंघका महासचिव कुन्दन सहित ३० जना गिरफ्तार


  • न्युज ब्यूरो
  • शुक्रबार, माघ ११ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका महासचिव कुन्दन काफ्ले सहित ३० गिरफ्तार भएका छन्।

चिकित्सा शिक्षा विधेयक पारितको विरोधमा प्रदर्शनमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले संसद भवन अगाडि प्रदर्शन गरेकाे थियाे।

संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई नेपाल प्रहरी क्लब भृकुटीमण्डलमा राखिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार