राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कने क्रममा उनलाई कालो झण्डा देखाउने केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरञ्जन थापा , सुवास घिमिरे र सुदीप अधिकारी पक्राउ परेका हुन् ।
यसअघि शनिबार साँझ नेविसंघले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएको भन्दै विरोध प्रदर्शन गरेको थियो । सरकारले बहुमतको आधारमा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा सङघीय सरकार मातहातबाट हटाइएको भन्दै नेविसंघ सरकारको विरोधमा उत्रिएको हो ।