logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको पार्टीमा इन्जिनियरहरुको आकर्षण, प्रथम भेला सम्पन्न


  • न्युज ब्यूरो
  • शनिबार, माघ १२ २०७५

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियरस एसोसियसनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । राजधानीमा शनिबार भएको भेलाले ईन्जिनियर सुरेश कुमार चौधरीलाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

उक्त एसोसियसनको उपाध्यक्षमा रूपकदेव, महासचिवमा सुजन देव, सचिवमा सन्दीप पुरी र कोषाध्यमा सुमित गिरी चयन हुनुभएको छ ।

भेलाको प्रमुख अतिथि जवस प्रमुख जीवन्त र विशेष अतिथि कर्मचारी महासङ्घका अध्यक्ष टोपबहादुर बानिया रहेका थिए । भेलामा जनगणतान्त्रिक ईन्जिनियरस एसोसियसनका नवनिर्वाचित अध्यक्ष सुरेशकुमार चौधरीले सामान्य अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार