logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गुल्मीमा विप्लवको गतिलो गर्जन, ४ ठुला सगठनात्मक उपलब्धि


  • आश तमु
  • शनिबार, माघ १२ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एकीकृत संगठन सुदृढीकरण तथा बिस्तार अभियान -२ लाइ तीव्रताका साथ अगाडि बढाएको छ । नेकपा गुल्मीको इन्चार्जमा अखिल (क्रान्तिकारी)का  पुर्व अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंहले जिम्मेवारी लिएर गए पछि अभियान घनिभुत र ब्यस्थित हुदै नेकपा गुल्मीले जनाएको छ । नेकपाको जिल्लामा  नया नेतृत्व र टिमवद्धताले गुल्मीले सगठनात्क क्षेत्रमा गुणात्मक गति प्राप्त गरेको लुम्बिनी ब्युरोको  बुझाइरहेको छ ।
यसै क्रममा नेकपा केन्द्रिय अभियान टिमको जिम्मेवारी लिएर गुल्मी- अर्घाखाँचीको कमान्ड गर्न केन्द्रिय सदस्य सन्देश पौडेल गए सगै थप उर्जा थपिएको नेता कार्यकर्ताको बुझाइ  रहेको छ । अहिले अभियानको मुख्य टिम नेकपा केन्द्रिय सदस्य संदेशको नेतृत्वमा ,गुल्मी जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंह ब्युरो सदस्यहरु कमल , सामना , ध्रुव,सुनिल र गुल्मी जिल्ला सेक्रेटरी खिम खड्काको रहेको छ ।

नेकपा गुल्मीको सगठनात्क उपलब्धि यस्तो  रहेको छ ।


१. अखिल नेपाल शिक्षक संगठन, गुल्मीको प्रथम भेला माघ १२ गते सम्पन्न । देवराज चौलागाईं को नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरी सम्पन्न भएको छ ।

२. युवा संगठन नेपाल, माघ १२ गते गुल्मीको दोस्रो भेला सम्पन्न । कृष्ण ढकालको नेतृत्वमा २३ सदस्यीय समिति निर्वाचित गरेको छ ।

३.अखिल(क्रान्तिकारी) गुल्मीको १८ औं जिल्ला सम्मेलन माघ ११ गते सम्पन्न । विकल्प खत्रीको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरि भब्यरूपले सम्पन्न ।

४.जनपत्रकार संगठन नेपाल गुल्मीको प्रथम भेला १० गते शंकर भुसालको नेतृत्वमा १५ सदस्यीय

दलाल संसदिय ब्यवस्थाको समुल अन्त्य गर्नको लागी जनतामा जागरण र जागरुक पैदा गर्न यो अभियान संचलन भएको र अभियान उपलब्धिमुक बन्दै गएको नेकपा गुल्मीको आवधिक निष्कर्ष रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार