राजनीति
पोखरा – पोखरा इन्जिनियरिङ कलेजमा एकलौटी ढङ्गबाट गरेको स्वतन्त्र विद्यार्थी परिषदलाई अस्वीकार गर्दै विप्लव निकट अखिल (क्रान्तिकारी) पोखरा इन्जिनियरिङ्ग कलेजमा राजा सुशील अधिकारीको सभापतित्वमा समानान्तर स्ववियु घोषणा गरेको छ ।

उक्त संगठनले समानान्तर स्ववियु कमिटीको सभापति राजा सुशील अधिकारी,उपसभापतिमा सरोज कोइराला, सचीव सागर पौडेल, सहसचिव विशेष परियार र कोषाध्यक्ष नवीन बुढाथोकीको रहने गरि घोषणा गरेको अखिल ( क्रान्तिकारी ) कास्कीका उपाध्यक्ष आस्था नेपालीले बताएकी छन् ।
स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी
पोखराको फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी विजयी भएका छन् । अनेरास्ववियुको प्यानलबाट उमेद्वारी दिएका सुबेदीले नेविसंघका तर्फबाट उमेद्वारलाई ६३ मतले पछि पार्दै सुबेदी बिजयी बने ।
परिषद्को सचिबमा नेविसंघका तर्फबाट चुनावी मैदानमा उत्रिएका अनिश राजभण्डारी बिजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुका रेखा केसी बिजयी भइन् । सदस्यहरुमा नेविसंघकै विशाल गोदार, कृष्णप्रसाद बस्ताकोटी, सरिना गौतम र केशब तिवारी बिजयी भए । समानुपातीक तर्फ अनेरास्ववियुले र नेविसंघले दुई÷दुई सदस्य जितेका छन् ।