logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाँध भत्किँदा ३०० बेपत्ता


  • एजेन्सी, रियो द जेनेरियो
  • आइतबार, माघ १३ २०७५

ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै झन्डै ३ सय मानिस बेपत्ता भएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे सहरमा शुक्रबार दिउँसो एक्कासि पहिरो जाँदा ठूलो संख्यामा मानिसहरू बेपत्ता भएका हुन् । बेपत्ताको जीवितै उद्धार गर्ने आशा झिनो रहेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

मिनासका गभर्नर रोमेउ जेमाले भने, ‘उद्धार प्रयास निरन्तर भइरहे पनि बेपत्ता व्यक्तिको जीवितै उद्धारको प्रयास तत्कालका लागि टरेको छ ।’ बेपत्तामध्ये शनिबार कसैको पनि जीवितै उद्धार गर्न नसकिएको उनले जानकारी दिए ।

घटनापछि ब्राजिलका राष्ट्रपति आफ्नो डाभोस सम्मेलनको कार्यक्रमलाई छोट्याएर शुक्रबार नै स्वदेश फर्किएका थिए । उनी शनिबार घटनास्थल पुगेका थिए । यसअघि सो घटनामा १ सय ५० जना बेपत्ता बनेको बताइए पनि शनिबार सरकारी अधिकारीहरूले सो संख्या ३ सय रहेको अनुमान गरेका छन् ।

बाँध भत्किएका कारण सहरको करिब ३९ हजार जनसंख्यामा प्रभावित भएको छ । पानीले सहर र नजिकैका घर, सडक, तरकारी तथा अन्य बालीमा प्रभाव परेको अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रको विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध भएको छ । पानीले केही स्थानमा खानेपानीका पाइप बगाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार