logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यस्ता छन् नेपाली कांग्रेसले ओली सरकार बिरुद्ध गर्ने संघर्षका कार्यक्रम


  • न्युज डेस्क
  • सोमबार, माघ १४ २०७५

मुख्य  प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरूद्ध ७७ जिल्लामा आन्दोलन गर्ने जनाएको छ।

प्रेस बिज्ञप्ति जारी गर्दै आन्दोलन का कार्यक्रम सार्वजनिक गरिएको छ। बिज्ञप्तिमा माघ २१ गते सबै जिल्लामा विरोध प्रदर्शन, भेला र कोण सभा गर्ने आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको  बताइएकाे छ।

प्रतिपक्षीको विरोधका बाबजुद सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छ महिना हुँदा पनि कारबाही नगरेको, डाक्टर गोविन्द केसीका माग पूरा नगरेकोमा विरोध गर्दै जिल्लामा विरोध सभा गर्न लागेको कांग्रेसले जनाएको छ।

यस्तो छ बिज्ञप्ति
प्रेस विज्ञप्ति
०७५ माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शनको घोषणा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
– गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।
– माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ —
– संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार ।

स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।

देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।
माघ २१ को प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैमा हार्दिक अपील गर्दछ भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार