आसन्न स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी नेताहरूलाई बालुवाटार मा बाेलाएर छलफलछ गरे।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बैठकमा नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अखिलकी अध्यक्ष नविना लामा सहित विद्यार्थी नेता बालुवाटार पुगेका छन्।
त्रिविले स्ववियु चुनावको तयारी गर्न आंगिक क्याम्पसलाई यसअघि नै पत्राचार गरिसकेको छ। स्ववियु चुनाव फागुन १४ गते गर्न विद्यार्थीको माग छ। दुई वर्ष अन्तरालमा क्याम्पसहरूमा स्ववियु चुनाव हुन्छ।