ओलि नेतृत्वको सरकारले अनसनरत डा गोविन्द केसीका पक्षबाट आन्दोलनमा सहभागी हुने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको बुझिएको छ । गिरिराज मणी पोखरेलको मन्त्री रहेको शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्द केसीका लाइ साथ दिनेहरूलाइ कारबाहीको तयारी थालेको मन्त्रालय स्रोतले जनाएकाे छ ।
उक्त मन्त्रालयले कारबाहीको तयारी स्वरुप त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा अध्यक्षलाई पत्र लेखी तत्काल पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउन भन्दै निर्देशनात्मक पत्राचार गरेको छ । यसअघि मन्त्रालयकाे निर्दशनमा अनशनका लागी गाडेकाे टेण्टसमेेेत हटाइएकाे छ ।
स्राेतका अनुसार शिक्षमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउनका लागि त्रिबि लाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
यसअघि साेमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको थियाे । नेपाली कांग्रेस निकट चिकित्सकहरूले सोमबारबाट रिले अनशन सुरू गरेपछि अस्पतालले यस्तो आग्रह गरेकाे हाे ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा आज यहाँ जारी विज्ञप्तिमा शिक्षण अस्पताल जस्तो सर्वसाधारण जनताको पहुँचमा रहेको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनाउन नहुनेमा जोड दिइएको छ ।