logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारी सवारीको दुरुपयोग,सभामुख र अध्यक्षलाई गाडीको लस्कर


  • राजनीति
  • बिहिबार, माघ १७ २०७५

काठमाडौँ – तोकिएभन्दा बढी सवारीसाधन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले प्रयोग गरिरहेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २२ वटा गाडी चढिरहेका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार