नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ यति बेला नेपाली राजनीतिको एउटा प्रभावशाली ब्यक्तित्वको रूपमा चर्चामा रहेको नाम हो ।
पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलन का आसाकाे केन्द्र बनेका बिप्लव युवा पिढीलाई रिजाउन सफल छन् र बिप्लव युवाहरु माझ निकै लाेकप्रिय छन्।
२०२४ फागुन ११ गते राेल्पामा जन्मियका उनी २०४८ सालबाट तत्कालीन मसालकाे सदस्यता लियर भुमिगत जिवनकाु सुरुवात गरे।
२०५२ सालमा नेकपा (माओवादी) ललितपुर काे सेक्रेटरी हुँदै उपत्यका बिशेष ब्युराे सदस्य भए।
निकै चलायमान र उर्जाशिल युवा बिप्लव काे छवि लाेकप्रिय र स्थापित हुँदै गएपछि आलाेक लगायतका नेताहरुसंग आन्तरिक संघर्ष सुरु भयाे। ‘आफुलाइ मन नपरेका नेता कार्यकर्ता लाई पेल्नेे ‘ नीति अन्तर्गत दुर्गम पिछडिएकाे क्षेत्र तर पठाउने नेतृत्व को साेचले उनलाई भ्यालिमा टिकाइएन र उनी २०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युराेकाे इन्चार्ज बनायर पठाइयाे।
आफ्नाे कार्यकाैशलतालाइ कुशलतापुर्वक कर्णाली काे भुमिमा प्रयाेग गरेका उनले पहिलाे पटक छापामारहरुका साथ २०५५ चैत्र १० गते कालिकाेटकाे मुम्रा स्थित सान्निघाट प्रहरी चाैकिमाथि हमला बाेले।
उनकाे राजनीतिक तथा फाैजी कमान्ड रहेकाे उक्त फाैजी कार्बाहि बिना क्षति सम्पन्न भयाे। उक्त कार्बाहिमा २जना प्रहरीकाे मृत्युु भयाे भने २ थान थ्रि नट थ्रि राइफल र १ थान पेस्तोल कब्जा भएकाे थियाे। याे उनकाे नेतृत्वमा सम्पन्न फाैजी कार्वाही हाे।