फागुन लाग्ने बेला क्याम्पसको वातावरण प्राय राजनीतिक बन्छन । फागुनको वरिपरि बिद्यार्थी सगठनले स्वागत सम्मान कार्यक्रम आयोजना गरेका हुन्छन भने । स्वबियु नहुने वर्ष स्ववियुको एनिवर्षरी मनाउने परम्परा जस्तो देखिन्छ ।
क्याम्पस तहका बिद्यार्थी को लागी स्ववियु निर्वाचन एउटा पर्व जस्तो हुन्छ । बिगत केहि वर्ष देखि स्ववियु तोकेको मिति र समयमा नै नहुने एउटा रोग जस्तै भएको छ । यो वर्ष पनि फागुन १४ गते चुनाव हुने सम्भावना टरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक थापा बताउँछन् । “सामान्यतयाः चुनाव हुनुभन्दा एक महिनाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्छ,” थापाले भने, “नेविसंघ आन्दोलनमा रहेकाले उसको सहमतिबिना निर्वाचनको मिति घोषणा गर्न सकिएन । यही अवस्थामा फागुन १४ गते स्ववियु निर्वाचन गर्न सकिँदैन ।”
बिद्यार्थीको स्ववियु निर्वाचन गराउन उपकुलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएका थिए । उनले स्वीट्जरल्याण्डको डाभोसबाट फर्कनेबित्तिकै त्रिवि पदाधिकारी, विपक्षी दलका नेता, विद्यार्थी संगठनका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए । भेटमा सत्तारूढ दलका विद्यार्थी संगठन चुनावको पक्षमा देखिए पनि नेविसंघका नेताले भने सरकारको धरपकड जारी रहेको अवस्थामा चुनावमा भाग लिन नसकिने बताएका थिए । त्यसैको फलस्वरूप त्रिभुवन बिश्वबिद्धालयले समय तालिका सार्वजनिक गर्न सकेको छैन ।