राजनीति
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले डा। गोविन्द केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै भएको बताएका छन । प्रवक्ता बास्कोटाले डा। केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै जिम्मा भएको प्रतिक्रिया दिनु भएको हो ।
उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा। केसीको सबै काम पूरा गरेको दाबी बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बताए विधेयक संसदको दुवै सदनबाट पारित भएकाले यस सम्बन्धमा बहस गरिरहनुको औचित्य नरहेको पनि मन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई संसदले पारित गरिसकेको त्यस विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न पनि चेतावनी दिनुभयो ।
कांग्रेसले ‘पूर्व ताकेर पश्चिममा प्रहार’ गर्न खोजिरहेको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले डा। केसीसँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा त्यो विधेयक संसदबाट पारित गरिएको पनि स्पष्ट पार्नुभयो ।मन्त्री बास्कोटाले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले डा। गोविन्द केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै भएको बताएका चन । प्रवक्ता बास्कोटाले डा। केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै जिम्मा भएको प्रतिक्रिया दिनु भएको हो । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा। केसीको सबै काम पूरा गरेको दाबी बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बताए।
विधेयक संसदको दुवै सदनबाट पारित भएकाले यस सम्बन्धमा बहस गरिरहनुको औचित्य नरहेको पनि मन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई संसदले पारित गरिसकेको त्यस विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न पनि चेतावनी दिनुभयो ।
कांग्रेसले ‘पूर्व ताकेर पश्चिममा प्रहार’ गर्न खोजिरहेको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले डा। केसीसँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा त्यो विधेयक संसदबाट पारित गरिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री बास्कोटाले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।