logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सभापती देउवाले अनसनरत डा केसीलाई भेटेर यसो भने


  • राजनीति
  • बिहिबार, माघ १७ २०७५

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा। गोविन्द केसीलाई भेटेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउवाले केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गर्नु भएको छ ।

बिहीबार अपरान्ह डा। केसीलाई भेट गरी उहाँले जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको हो । सभापति देउवाले डा। केसीको माग सम्बोधन गराउन सरकारलाई दबाब दिन आफ्नो पार्टीले देशभर विरोध प्रर्दशन गर्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले वार्ता गरी डा। केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने सभापति देउवाको भनाई छ ।

‘किसान कल सेन्टर’मा  २५३ फोन

ललितपुर- नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ ।

किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी ३५ वटा कल सम्बोधन हुन नसकेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

“एउटै किसानले लामो समयसम्म प्रश्न गर्ने भएकाले उक्त ३५ वटा कल सम्बोधन गर्न असफल भयौँ”, उप्रेतीले भन्नुभयो, “चालु आर्थिक वर्षको अहिलेसम्ममा १८३ कल आएका छन्, नार्कले यो सेवा सञ्चालनमा ल्याएपछि ४५ हप्ताको कार्यक्रम सम्पन्न गरिसकेको छ । ”

नार्कले हरेक किसानको फोन कल सम्बोधन गर्न प्रत्येक व्यक्तिलाई १० मिनेट समय दिएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नेपालका विभिन्न जिल्लाका किसानबाट फोन आउँछ । एनटिसी र एनसेल प्रयोगकर्ता किसानले ११३५ नम्बर डायल गरी १२ देखि १४ जना कृषिविद्संँग आफ्ना जिज्ञासा मेटाउने गर्नुभएको बताइएको छ ।

“उप्रेतीले भन्नुभयो, “कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आफ्नो मनमा लागेका जिज्ञासा मेटाउनुहोस् भन्ने उद्देश्यका साथ नार्कले फोन कल प्रविधि अघि बढाएको हो ।” (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार